युनाईटेडका गोलकिपर डेवीडले लिभरपुल विरुद्धको खेल गुमाउन सक्ने

0

चोटका कारण म्यानचेस्टर युनाईटेडका गोलकिपर डेवीडले लिभरपुल विरुद्धको खेल गुमाउन सक्ने भएका छन ।

गएराति स्पेनले स्विडेन विरुद्धको खेल्दा डेवीड चोट बोक्न पुगेका थिए । जसका कारण उनले प्रिमियर लिगमा आइतबार हुने लिभरपुल विरुद्धको खेल गुमाउन सक्ने बताइएको छ ।

२८ बर्षे डेवीडले स्विडेन विरुद्धको खेलमा पुरै खेल खेलेका थिएनन् । उनले विचमा नै मैदान छोडेका थिए । उनको स्थानमा चेल्सीका गोलकिपर केपाले रिप्लेस गरेका थिए ।

चोटबाट नै फर्किएका डेवीडले स्विडेन विरुद्धको खेलमा चोट बोकेपछि युनाइेटडलाई तनाव भएको छ । प्रिमियर लिगमा खाँसै राम्रो गर्न नसकेको युनाइेटडले निकै महत्वपुर्ण खेलमा आइतबार खेल्दैछ । लिगको शिर्ष स्थानमा रहेको लिभरपुल र १२ औं स्थानको युनाइटेडको खेल उनी गुमाउने निश्चि जस्तै बनेको छ ।

यो सिजन युनाइटेडले शिर्ष क्लवसँग तीन वटा खेल खेल्दा तीनैमा पराजय भोगेको छ । यदि डेवीडले लिभरपुलको खेल गुमाएमा उनको स्थानमा अर्जेन्टिनी गोलकिपर सर्जियो रोमीरोलाई खेलाइनेछ ।

Post Add 1025X115
Loading...