पारसको राजीनामा पछि सन्दीपले के भने त?

0

नेपाली क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानले पारस खड्काको आगामी भविष्यको शुभ कामना दिएका छन् ।

कप्तान खड्काले पदबाट राजीनामा दिए पछि सन्दीपले सामाजिक सञ्जाल फेसबुक मार्फत नेपाली क्रिकेटमा पारसको योगदान ठूलो रहेको उल्लेख गरेका छन् । उनले भनेका छन् ‘तपाईको नेतृत्वमा नेपाली क्रिकेटले ठूलो उपलब्धि हासिल गरेको छ । जुन पहिला कहिल्यै हासिल गरेको थिएन, मलाई र धेरै युवाहरुलाई प्रेरित गर्नुभयो ।’

सन्दीपले नेपाली क्रिकेटका लागि अझैं पनि पारसको कप्तानीको आवश्यकता रहेको बताए । उनले भने ‘ तपाईको भविष्यका प्रयासका लागि हार्दिक शुभकामना र हामी तपाईलाई सकेसम्म धेरै बर्ष नेपालको प्रतिनिधित्व गरेको देख्न चाहन्छौं ।

तपाईं साँच्चिकै एक लिजेन्ड हुनुहुन्छ जसले हाम्रो सबै हृदयमा ठूलो छाप पारेको छ। यहाँ तपाईं क्याप्टेन हुनुहुन्छ ।’ द लिजेन्ड पारस खड्का ।

 

Post Add 1025X115
Loading...