ओमानको राष्ट्रिय क्रिकेट टिमबाट खेल्ने नेपाली, जसले नेपाललाई नै हराए

0

ओमान क्रिकेट संघले आयोजना गरेको पाँच देश सम्मिलित टी २० क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा नेपाललाई हारको स्वाद चखाउन नेपाली मुलका खेलाडीको प्रदर्शन उत्कृष्ट रह्यो । जब ओमानले नेपाललाई हरायो, पेभेलियनमा बसिरहेका ओमानका खेलाडी र अफिसियल यी खेलाडीको नाम लिएर कराई रहेका थिए । ती नेपाली भाषी खेलाडी हुन सुरज कुमार ।

नेपालको बाग्लुङ पुर्खोली घर भएपनि उनका मातापिता कामको सिलसिलामा भारत बसाई सरेका थिए । उनको जन्म भारतमा नै भएको थियो । बाल्यकाल देखि नै क्रिकेटमा रुची राखेका सुरजले भारतमा विभिन्न स्थानीय प्रतियोगितामा सहभागिता जनाए । तर अहिले उनी ओमान क्रिकेट टिमका महत्वपुर्ण सदस्य रहेका छन ।

विकेटकिपर ब्याट्सम्यान सुरजको परिवारको आर्थिक अवस्था निकै नाजुक रहेको थियो । उनका मातापिता भारतमा कामकालागि जाँदा उनी स्कुले जीवन देखि नै क्रिकेटमा निकै क्रेजी थिए । उनका पिता एउटा रेस्टुरेन्टमा काम गर्ने र परिवार पाल्ने गर्थे । आर्थिक रुपमा निकै कमजोर अवस्थामा रहेका सुरज सन् २०१५ मा ओमानमा सिफ्ट भए । भारतमा हुँदा आर्थिक अवस्था कसरी सुदृढ बनाउने भनेर सोच्ने सुरजलाई ओमानको एउटा निजी कम्पनीले जबका लागि अफर गर्यो ।

२०१५ मा उनी ओमान आएर उनले क्रिकेटलाई नै अगाडी बढाउने निर्णय गरे । जसमा उनले तीन बर्ष ओमानको घरेलु प्रतियोगिता खेले । ओमानमा कम्तिमा तीन बर्ष घरेलु प्रतियोगिता खेलेपछि राष्ट्रिय टिमका लागि योग्य मानिन्छन र ओमान क्रिकेट संघले उनीहरुलाई राष्ट्रिय टिमका लागि छनोटमा राख्न पाउछ । हाल ओमान टिममा रहेको अधिकांस सबै खेलाडी यसैगरी आएका छन ।

परिवारको आर्थिक अवस्थाका कारण पैशा कमाउन ओमान छिरेका उनले काम गर्ने कम्पिनीले क्रिकेट टिम खरिद गरेको थियो । क्रिकेट खेल्ने इच्छा निकै भएका सुरजले आफ्नो कम्पनीको टिमबाट खेल्न प्रयास गरे र सफल पनि भए । तीन बर्ष ओमान क्रिकेटका विभिन्न प्रतियोगिता खेलेपछि उनी यसै प्रतियोगितामा राष्ट्रिय टिमबाट टी २० मा डेब्यु गर्न सफल भए । एकदिवसिय मान्यता पाएको ओमानले नामिबीयामा भएको डिभिजन २ मा एकदिवसियमा डेब्यु गरेको थिए ।

टी २० मा नेपाल विरुद्ध मैदानमा उत्रदा उनको खेल संख्या मात्र चार थियो । तर २७ रनमा चार विकेट गइसकेको अवस्थामा क्रिजमा गएका सुरजले नेपाली बलरलाई विफल पार्दे ३० बलमा दुई चौका र तीन छक्का सथा ४२ रनको पारी खेले र ओमानलाई जित दिलाए ।

युएईमा हुने टी २० विश्वकप छनोट टिममा रहेका सुरज र नेपालको मात्र होइन, नेपाली क्रिकेट संघपनि नजिकको सम्बन्ध रहेको छ ।

सोमपाल र सुरजको मित्रता

जब सोमपाल कामी पहिलो पटक नेपालमा खेल्न आएका थिए, उनले सुरजलाई पनि खेल्नका लागि बोलाएका थिए । सो बेला उनी भारतमा क्रिकेट खेलिरहेका थिए । तर भारतमा धेरै क्रिकेट खेलाडी रहेको र त्यहि अनुसारको राजनिती भएकाले उनले भारतमा लामो समय क्रिकेट खेल्छु जस्तो लागेको थिएन ।

जब सोमपालले सुरजलाई नेपालमा आएर खेल्न अफर गरे, त्यो बेला सुरजलाई क्रिकेट भन्दापनि आर्थिक आम्दानीको खाँचो थियो । सोमपालले नेपाल खेल्न बोलाउनुपनि र सुरजको ओमानको भिषा लाग्नु उस्तै उस्तै समय रह्यो ।

ओमानबाट कामका लागि राम्रो अफर आएकाले उनलाई सोच्ने समय नै भएन । नेपाली र हिन्दी मिक्स गरेर बोल्ने सुरज भन्छन, त्यो बेला मिल्ने साथी सोमपालले आफुलाई खेल्न बोलाएका थियो, तर सोहि बेला १५ दिनमा ओमान आउनुपर्ने अवस्था आयो, त्यसैले नेपाल जान पाइन, तरपनि नेपाली क्रिकेटलाई जहिलेपनि फलो गरिरहेको हुन्छु ।

ओमान आएपछि उनको क्रिकेट करियरमात्र होइन, लाइफले नी यू टर्न लियो । नियमित आम्दानी, भनेको बेला क्रिकेट खेल्न पाउने भएकाले उनले आफुलाई निकै निखारे । सो बेला आफुलाई आर्थिक आम्दानी गर्नुपर्ने बाध्यता नभएको भए म नेपाल गएर खेल्थे, सुरजले सम्झिए । तर प्रभुको इच्छा, जे उहाँले चाहनुहुन्छ, त्यहि हुन्छ,, सुरजले भने ।

नेपाली टिमले कतै राम्रो गरेमा उनी आफुलाई सो टिममा भएको भए भन्ने भने पक्कै हुन्छ रे, यतिमात्र होइन, अहिले खेलेको भए सायद म पनि टिममा हुन्थे भन्ने लाग्छ ।

हाल २९ बर्षमा हिडिरहेका सुरज नेपाली खेलाडीको प्रदर्शनमा खुसीपनि थिए, आफ्नै देश विरुद्ध खेल्दा कस्तो हुँदो रहेछ भन्ने प्रश्नमा उनले भने, खेल हो, आफु नेपाली भएपनि ओमानबाट खेलिरहेको छु, मनमा मायाँ सधै छ, तर बर्तमान जे हो त्यसलाई हेर्नुपर्छ ।

भारतको साधारण गल्लीबाट ओमानको राष्ट्रिय टिमसम्म पुगेका सुरजसँगको कुराकानी

Post Add 1025X115
Loading...