खेलाडीले उचित सुरक्षा नपाएसम्म नतिजा आश गर्नु उचित हुँदैन – पटवाल

0

नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक उमेश पटवालले सेक्यिुरीटी पाएमा राम्रो प्रदर्शन हुनेमा दुई मत नभएको दोहोर्याएका छन । यसअघि सिंगापुरमा विश्वकप छनोटका बेला खेलाडीबाट राम्रो नतिजा निकाल्नका लागि उनीहरुलाई त्यस अनुसारको फेसिलिटी दिनुपर्ने बताएका पटवालले ओमानमा खेलेको पाँच देश सम्मिलित टी २० क्रिकेटमा ओमानसँग हारेपनि यस्तै प्रतिक्रिया दिएका हुन ।

 

उनले नयाँ बोर्ड आएको छ, उनीहरुसँग बसेर कुरा गर्ने आगामी दिनमा कसरी खेलाडीलाई तयार पार्ने भन्नेमा छलफल गर्ने बताए । साथै उनले खेलाडीको सेक्युरीटी राम्रो गर्न सकेमा त्यहि अनुसारको नतिजापनि पाउने विश्वास पटवालले राखे ।

ओमानसँग नेपालको ब्याटिङ कमजोर हुनुको कारणमा सधै सबै कुरा ठिन हुन्छ भन्नेमा विश्वास गर्न कठिन हुने उनले बताए । साथै उनले ओमान विरुद्ध नेपाली खेलाडीले आत्मविश्वासका साथ खेल्न नसकेका धारणा राखे । साथै चार सिटीमा दुई जित र दुई हारपनि राम्रो नतिजा भएको उनको ठम्याई छ ।

Post Add 1025X115
Loading...