प्रिन्स दाहाल दक्षिण एशियाली यु-२१ रिजनल ब्याडमिन्टन च्याम्पियनसिपकाे फाइनलमा

0

नेपालका उदियमान खेलाडी प्रिन्स दाहाल लिनिङ दक्षिण एशियाली यु २१ रिजनल ब्याडमिन्टन च्याम्पियनसिपको पुरुष एकलमा उपाधी नजिक पुगेका छन् । प्रिन्सले उपाधीका लागि प्रतियोगितामा तेश्रो बरियता प्राप्त भारतका सराथ दुन्नानको सामना गर्ने भएका छन् ।

हिजो भएको सेमिफाईनलमा दुवई ईन्टरनेशनलका विजेता प्रिन्सले प्रतियोगितामा चौथो बरियता प्राप्त श्रीलङकाका रन्थुस्का ससिन्दुलाई १६–२१, २१–१५, २१–१८ ले पराजित गर्दै फाईनल यात्रा तय गरेका हुन् ।

पुरुष एकलमै नेपाली खेलाडी प्रफुल महर्जन भने प्रतियोगिताका तेश्रो बरियताका भारतका सराथ दुन्नानसंग क्वाटरफाईनलमा १८–२१, २१–१४ र २०–२२ को प्रतिस्पर्धात्मक खेलमा पराजित हुन पुगेका थिए ।

महिला एकल तर्फ भने नेपाली खेलाडीहरु पहिलो चरणबाटनै प्रतिस्पर्धाबाट बाहिरिएका थिए । पुरुष युगला तर्फ प्रिन्स र प्रफुलको जोडी पाकिस्तानी खेलाडीहरु संग क्वाटरफाईनलमा पराजित भएका थिए । यसैगरि महिला युगलमा रशिला महर्जन र जेशिका गुरुङ्गको जोडी भारतिय खेलाडी दीपसिखा सिंह र मानषी सिंहको जोडी संग क्वाटरफाईनल पराजित भएका थिए ।

मिश्रीत जोडी तर्फ रशिला महर्जन र प्रफुल महर्जनको जोडी भारतका सराथ दुन्ना र दीपसिखा सिंहको जोडी संग सेमिफाईनलमा १३–२१, १५–२१ ले तथा प्रिन्स दाहाल र जेशिका गुरुङ्गको जोडी भारतकै साई चरण कोया र मानषी सिंहको जोडी संग सेमिफाईनलमै २०–२२, १७–२१ ले पराजित भए । यसका साथै नेपाली टोलीले तीन कास्य प्राप्त गर्न सफल भएको छ ।

नेपाली टोलीले मिक्स टिम ईभेन्ट्समा पनि एक कास्य पाएको थियो । नेपाल भारत संग सेमिफाईनलमा २–३ को सेटमा पराजित हुँदै कास्यमा खुम्चिएको थियो । नेपाली टोलीमा पुरुष तर्फ प्रिन्स दाहाल, प्रफुल महर्जन, रुकेश महर्जन तथा महिला तर्फ रशिला महर्जन, जेशिका गुरुङ्ग र सिमा राजबंशी रहेका छन् । टिम ब्यवस्थापकमा नेपाल ब्याडमिन्टन संघका सचिव नविन विक्रम शाह र प्रशिक्षकमा किरण थापा रहेका छन् ।

Post Add 1025X115
Loading...