२ गाेलकाे अग्रता जाेगाउन नसक्दा जर्मनीले अर्जेन्टिनासँग बराबरी खेल्याे

0

फिफाको मैत्रीपुर्ण खेलमा जर्मनी र अर्जेन्टिना विचको खेल बराबरीमा सकिएको छ । त्यसो त जर्मनीले दुई शुन्यको अग्रतालाई जोगाउन सकेन ।

जर्मनीको डर्टमुण्डमा भएको खेलमा घरेलु टिमले पहिलो हाफमा नै लिएको दुई शुन्यको अग्रता अन्तिममा जोगाउन सकेन । खेलको १५ औं मिनेटमा नै नाब्रीको गोलमा जर्मनीले अग्रता बनाएको थियो । त्यसपछि २२ औं मिनेटमा हाभेर्जले गोल गर्दै टिमलाई दुई शुन्यले अगाडी राखे ।

पहिलो हाफमा दुई गोलले अगाडी रहेको जर्मनीले दोस्रो हाफको अन्तिम आधा घण्टामा खेल नियन्त्रणमा राख्न नसक्दा गोल खान पुग्यो । ६६ औं मिनेटमा अलारीयोले गोल गर्दै अर्जेन्टिनालाई दुई एकको अवस्थामा पुर्याए ।

त्यसपछि ८५ औं मिनेटमा ओकाम्पोसको गोलमा अर्जेन्टिनाले खेल दुई दुई गोलको बराबरीमा पुर्यायो । त्यसपछि दुबै टिमबाट गोल हुन सकेन र खेल बराबरीमा सकियो ।

Post Add 1025X115
Loading...