टी-२० सिरीजकाे सुखद अन्त्य गर्ने लक्ष्यमा नेपाल

0

ओमानमा जारी पाँच देशको सहभागिता रहेको टी २० सिरीजको अन्तिम खेलमा नेपालले आज घरेलु टिम विरुद्ध खेल्दैछ ।

ओमानको एकेमडेमी क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार सवा तीन बजेबाट सुरु हुनेछ । जारी प्रतियोगितामा सबै भन्दा बलियो टिमका रुपमा देखिएको ओमान विरुद्ध नेपालले जित निकालेर सुखद अन्त्य गर्न चाहन्छ ।

ओमानले अहिलेसम्म तीन खेलमा तीनैमा जित निकालेको छ । भारत र पाकिस्तानका खेलाडी सम्मिलित टिम ओमानले घरेलु मैदानमा नेदरल्याण्ड, हङकङका साथै टेष्ट मान्यता टिम आयरल्याण्ड विरुद्ध ऐतिहासिक जित निकालेको थियो ।

यता नेपालले खेलेका तीन खेलमा दुईमा जित र एक हार ब्यहोरेको छ । बुधबार भएको खेलमा नेपाल आयरल्याण्ड विरुद्ध जितको नजिक पुगेरपनि हार्न पुगेको थियो । मात्र १३ रनको हार ब्यहोरेको नेपालले ओमान विरुद्ध पनि जितको लक्ष्य राखेको छ ।

विश्वकप छनोट खेल्ने तयारीमा रहेको ओमान र नेपाल टी २० आइमा लामो समयपछि खेल्दैछन । यसअघि आयरल्याण्डमा भएको टी २० विश्वकप छनोटको वार्मअप खेलमा यी दुई टिम खेल्दा बर्षाले नतिजा भएको थिएन ।

ओमानको टिममा अनुभवी खेलाडीका साथै युवा खेलाडी पनि रहेका छन । ओमानको तुलनामा युवा टिम नेपालले यो प्रतियोगितामा राम्रो खेल्दै आएको छ । विशेष गरि नेपाली बलरले विपक्षीलाई निकै दबावमा राखेका छन । ओमान टिमको ब्याटिङ र बलिङको चुनौती खेप्नका लागि नेपाली टिमले योजनाबद्ध रुपमा खेल्न जरुरी रहेको छ ।

Post Add 1025X115
Loading...