अजरबैजानकाे बहराईनमाथि तीन दुई गोलको रोमाञ्चक जित

0

फिफा मैत्रीपुर्ण खेल अन्तर्गत अजरबैजानले बहराईनमाथि तीन दुई गोलको रोमाञ्चक जित निकालेको छ ।

बहराईनमा भएको खेलमा अन्तिम २० मिनेट सम्हालिन नसक्दा बहराईनले हार्न पुग्यो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको ३२ औं मिनेटमा बहराईनले खेलमा अग्रता बनाएको थियो । उसका लागि अब्दुलवाहाब अल मालोदले गोल गरेका थिए ।

तर ४१ औं मिनेटमा अजरबैजानले खेल बराबरी गर्न सफल भयो । उसका लागि दादासोभले गोल गरे । पहिलो हाफ एक एक गोलको बराबरी भएको खेलको ६२ औं मिनेटमा जिलीलजादाले अजरबैजानलार्य अग्रता दिलाए ।

तर ६८ औं मिनेटमा जासिम अल सेइखले फेरी घरेलु टिम बहराईनलाई बराबरीमा पुर्याए । तर त्यसको दुई मिनेटमा सेयदायभले अजरबैजानका लागि गोल गर्दै जित दिलाए । बाँकि समयमा बहराईनले दबाव दिएपनि गोल फर्काउन सकेन ।

Post Add 1025X115
Loading...