पाकिस्तान विरुद्दकाे टी-२० सिरीजमा श्रीलंकाकाे ह्वाइटवास

0

श्रीलंकाले घरेलु टोली पाकिस्तानविरुद्धको तीन खेलको टी२० सिरिज ३-० ले क्लिन स्विप गरेको छ । तेस्राे तथा अन्तिम खेलमा पाकिस्तानमाथि १३ रनको जित निकाल्दै श्रीलंकाले सिरिज ह्वाइटवास गरेकाे हाे ।

लाहोरमा भएकाे खेलमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाएर १४७ रन जोडेको थियो । उसका लागि ओसाडो फर्नान्डोले अविजित ७८ रन बनाए । पाकिस्तानका मोहमद आमिरले ३ विकेट लिए ।

श्रीलंकाले दिएको १४८ रनको लक्ष्य पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो ।

पाकिस्तानका लागि हरिस सोहिलले ५२ रन तथा बाबर आजमले २७ रन बनाएपनि टिमलाइ हारबाट बचाउन सकेनन् । श्रीलंकाका हसरंगा डी सिल्भाले ३ र लाहिरु कुमाराले २ विकेट लिए ।

योसँगै श्रीलंकाले टी-ट्वान्टी वरियताकाे शीर्ष स्थानको टिमविरुद्ध क्लिन स्विप गरेर ऐतिहासिक सफलता हात पारेको छ ।

श्रीलंकाले पहिलो पटक वरियताको शीर्ष टिमविरुद्ध सिरिज क्लिन स्विप गरेको हो ।

Post Add 1025X115
Loading...