बनाएकाे याेजनामा चुक्दा हार्नुपर्याे-प्रशिक्षक पटवाल

0

नेपाल टेष्ट मान्यता प्राप्त देशसँग ऐतिहासिक जितबाट नजिक पुगेर पनि चुक्न पुग्यो । आज भएको खेलमा नेपाल आयरल्याण्डसँग मात्र १३ रनले हार्न पुग्यो । एक समय सहज जित निकाल्न भन्ने आशा गरिएकोमा एकपछि अर्को विकेट गुमाउँदा नेपाली टिमले हार्न पुग्यो ।

एक सय रनमा मात्र तीन विकेट गुमाएको नेपालले त्यसपछि अरु पाँच विकेट १६ रनमा खेर फाल्यो । नेपाली खेलाडी क्रिजमा आउने जाने मात्र भए । अन्तिममा करण केसीले १७ रन प्रहार गर्दा कमदम झिनो आशा नेपालले जगाएको थियो । तर त्यो पनि सफल भएन ।

खेलपछि नेपाली टिमका प्रशिक्षक उमेश पटवालले बनाएको योजनाले सफलता प्राप्त नगरेको बताए । उनले टी २० खेलमा जे पनि हुन सक्ने बताउँदै खेलमा ब्याटिङ कमजोर भएको र करणलाई केहि अगाडी पठाउनु पर्नेमा मिस्टेक भएको धारणा राखे ।

उनले यो टिम अहिले बिल्डिङ भइरहेको र तीन खेलमा एउटामा हार्नु राम्रो संकेत भएको उनले बताए । अब ओमान विरुद्धको खेलमा टिम भन्दापनि आफुले राम्रो खेल्नुपर्ने धारणा राखे । हेरौ पटवालले खेलपछि दिएको प्रतिक्रिया

Post Add 1025X115
Loading...