यू-१५ साफ: नेपाल भारतसँग ४-१ ले पराजित

0

भुटानमा सुरु भएको महिला साफ यू-१५ च्याम्पिनसिपमा नेपाली टोली भारतसँग ४–१ ले पराजित भएको छ ।

एक पक्षिय खेलको पहिलो हाफमा नेपाल २–० ले पछि परेकाे थियाे । खेलकाे साताैँ मिनेटमा नै सुमिता कुरमाकाे गाेलमा भारतले अग्रता बनाएकाे थियाे । ३८ औं मिनेटमा लेन्डा कोम सेर्तोले गोल गर्दै भारतलाइ पहिलाे हाफमा दुइ गाेलले अगाडी राखिन ।

दाेस्राे हाफमा पनि भारत नेपालसामु आक्रामक नै रह्याे । जसमा प्रियंका सुजेश पोटेकाले ५५ औं मिनेटमा गाेल गर्दै भारतलाइ तीन शुन्यले अगाडी राखिन । ६२ औं मिनेटमा मनमाया धामीले नेपालका लागि एक गोल फर्काएकी थिइन् । तर, लेन्डा कोम सेर्तोले ६६ औं मिनेटमा ब्यक्तिगत दाेस्राे तथा टिमका लागि चाैथाे गाेल गरिन । त्यसपछि नेपाल खेलमा फर्कन सकेन र पराजित भयाे ।

च्याम्पियनसिपमा नेपालले शुक्रबार बंगलादेशसँग खेल्नेछ । 

Post Add 1025X115
Loading...