नेपालकाे पाँचाै विकेट गएपछि दबावमा

0

पाँच एक देशको सहभागिता रहेको टी २० क्रिकेट सिरीजमा नेपालले आयरल्याण्डबाट एक सय ४६ रनको लक्ष्य पाएको छ ।

जवाफमा नेपालले मध्यम सुरुवात गर्न सफल भयो । पहिलो विकेटका लागि कप्तान पारस खड्का र इशान पाण्डे विच २५ रनको साझेदारी भएको थियो । तर कप्तान पारस २५ रनमा पेभेलियन फर्किए । उनले १४ बलमा २ चौका र २ छक्का प्रहार गरेका थिए ।

त्यसपछि इसान पाण्डे र आरिफ शेखविच दोस्रो विकेटका लागि ३८ रनको साझेदारी भएको थियो । तर इशान २२ रनमा आउट भएपछि नेपालले ७३ रनमा दोस्रो विकेट गुमायो ।

नेपालको स्कोर एक सय रन हुँदा उपकप्तान दिपेन्द्रसिंह ऐरी आउट हुन पुगे । जसका कारण नेपालले तेस्रो विकेट खेर फाल्यो । उनले २० बलमा १९ रन बनाए ।

त्यसपछि नेपालले लगातार दुई विकेट गुमायो । विनोद भण्डारी मात्र एक रनमा आउट भएभने आरिफ शेख २६ रनमा विकेट किपरको हातबाट क्याच आउट भए । जसका कराण नेपालले एक सय एक रनमा पाँच विकेट खेर फाल्यो ।

Post Add 1025X115
Loading...