एएफसी फुटसल च्याम्पियनसिपका लागि नेपाली टिमकाे घाेषणा

0

नेपाली राष्ट्रिय फुटबल खेलाडी विजय गुरुङ राष्ट्रिय फुटसल टिममा परेका छन  । एन्फाले सार्वजनिक गरेकाे १४ सदस्यीय टिममा विजयले स्थान बनाउन सफल भए ।

यस्तै पुर्व राष्ट्रिय फुटबल खेलाडी आशिष लामाले पनि फुटसल टिममा स्थान बनाएका छन् ।

मुख्य प्रशिक्षण विण्णु गुरुङले छनोट गरेको राष्ट्रिय फुटसल टिममा यसप्रकार रहेकाे छ ।

अनिष श्रेष्ठ, सुमित आले, सन्जोग चाम्लिङ राई, सरोज तामाङ, आदिल हमिद, अभय राना, आरुज सिंह, विजय श्रेष्ठ, विजय गुरुङ, सरोज गुरुङ, बिनोद गुरुङ, आशिष लामा, मणी लामा र निर्मल गुरुङ गरेका छन् ।

नेपालले ईरानमा हुने एएफसी फुटसल छनोट च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछ । समूह बी मा रहेको नेपालको समूहमा ताजकिस्तान, उज्वेकिस्तान र अफगानिस्तान रहेका छन् ।

नेपालले ताजकिस्तानसँग कात्तिक ६ गते पहिलो खेल खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा उज्वेकिस्तानसँग कात्तिक ७ गते खेल्नेछ ।

नेपालले अन्तिम खेल अफगानिस्तानसँग कात्तिक ८ गते खेल्नेछ ।

छनोटको शीर्ष टिम फाइनल चरणमा छनोट हुनेछन् । फाइनल चरणको खेल भने फेब्रुवरी २७ देखि मार्च ८ गतेसम्म तुर्कमेनिस्तानमा आयोजना हुनेछ ।

Post Add 1025X115
Loading...