टी-२० करियरकाे बेष्ट बलिङ गरेका करणले भने-‘पाँच विकेट लिने अवसर गुम्याे’ !

0

हङकङ विरुद्धको खेलमा उत्कृष्ट बलिङ गरेका करण केसीले चार विकेट हात पारे ।

त्यसमा पनि एकै ओभरमा तीन विकेट लिएर खेललाई नै नेपालको तर्फ ढालेका करणले टी २० क्रिकेटमा जे पनि हुनसक्ने बताए । केहिले चार विकेट लिइन्छ, केहि चार ओभरमा पनि विकेट हात नपर्ने बताउँदै उनले आज योजना अनुसार बलिङ गरेकाले सफल भएको बताए ।

उनले पाँच विकेट पनि हात पार्ने सुनौलो मौका भएपनि सफल हुन नसकेको समेत बताए । हङकङ भन्दापनि बलियो टिम अझै बाँकि रहेकाले योजनाबद्ध रुपमा बलिङ गर्नुपर्ने करणको बुझाई छ ।

उनले चार ओभरमा ३६ रन खर्चिदै चार विकेट हात पारे । नौ को इकोनोमीमा बलिङ गरेका उनले १० डट, तीन चौका, एक छक्का र एउटा वाइड बल फालेका थिए ।
खेलपछि करणको प्रतिक्रिया हेरौ

Post Add 1025X115
Loading...