हङकङ विरुद्दकाे जीत टिम ‘एफाेर्ट’- पारस खड्का

0

सन् २०१५ पछि पहिलो पटक टी २० क्रिकेटमा खेलेको नेपालले सो बेलाको हारको बदला लिएको छ । नेपालको जितमा करण केसी र विनोद भण्डारी नायक बने । टिमको जितपछि कप्तान पारस खड्काले यो टिम एफोर्ट भएको र ब्याटिङ र बलिङ दुबैमा खेलाडीले राम्रो खेलेको प्रतिक्रिया दिए ।

कप्तान पारसले विनोद भण्डारीको खुलेर प्रशंसा गरे । उनले विनोदले यसअघि पनि आफ्नो तरिकाले टिमलाई योगदान गरेको भएपनि ठुलो स्कोर भने हात पार्न सकेका थिएनन् । तर विकेटकिपर ब्याट्सम्यानका रुपमा उनले टिमलाई बारम्बार योगदान गरेको बताए ।

टी२० क्रिकेटमा दोस्रो अर्धसतक तथा ब्यक्तिगत उच्च स्कोर बनाएका भण्डारीले धैर्र भएर खेलेको र त्यसको नजिता उनले हात पारेको उनको भनाई थियो । यस्तै उनले करण केसीको बलिङ टिमका लागि टर्निङ पोइन्ट भएको धारणा राखे ।

हेरौ जितपछि कप्तान पारसले के भने भिडियोमा

यस्तै विनाेद भण्डारीले अर्धशतकपछि दिएकाे प्रतिक्रिया

Post Add 1025X115
Loading...