टेस्ट नेशन आयरल्याण्डविरुद्ध ओमानको ऐतिहासिक जीत

0

काठमाडौं, १९ असोज । टेस्ट मान्यता राष्ट्र आयरल्याण्डविरुद्ध घरेलु टोली ओमान ४३ रनले विजयी भएको छ । एसोसियट टिम ओमानको यो आयरल्याण्डविरुद्ध ऐतिहासिक जित पनि हो ।१७४ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड १६.२ ओभरमा सवै विकेट गुमाएर १३०रनमा समेटिन पुग्यो ।

आयरल्याण्डका लागि केभिन ओव्राइनले ३९ रन बनाउँदा एन्डे बालव्रिनले १९ रनको योगदान गरे । मार्क आदिर १८ तथा हेरि टेटोरले १२ रन जोडेका थिए । घरेलु टोली ओमानलाई जीत दिलाउन खवर अली र मोहमद नादिमले तीन तीन विकेट लिँदा विलाल खान र अमिर कलिमले दुई दुई विकेट लिए ।

ओमान क्रिकेस एसोसियसनको टर्फ मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिमले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ७३ रन बनाएको थियो । ओमानका चार खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । सुरुवात राम्रो नगरे पनि ओमानका मध्यक्रमका खेलाडीले राम्रो साझेदारी गर्न सफल भए । खाता खोल्न नपाउँदै ओपनर खवर अली आउट भएपछि ओमानले शुन्य रनमा नै पहिलो विकेट गुमायो । दोस्रो विकेटका लागि जतिन्देर सिंह र अकीब लियासले पनि खासै राम्रो साझेदारी गर्न सकेनन् । अकीब २१ रनमा पेभेलियन फर्किए ।

त्यस लगत्तै कप्तान जीसान मक्सुदपनि सात रनमा आउट भएपछि ओमानले ४४ रनमा तीन विकेट गुमायो । तर त्यसपछि जतिन्देर र आमिर कालिमले ८३ रनको साझेदारी गरेपछि ओमानको पारी सम्हालिएको थियो । तर जतिन्देर ४० रनमा आउट हुँदा ओमानले एक सय २७ रनमा चौथो विकेट खेर फाल्यो ।

त्यसको लगत्तै आमिर कालीम ब्यक्तिगत ४६ रनमा पेभेलियन फर्किए । जसका कारण ओमानले एक सय ४० रनमा पाँचौ विकेट खेर फाल्यो । लगत्तै खुराम नवाज खाता खोल्न नपाउँदै आउट भए । ओमानका पुछारका खेलाडी सस्तैमा आउट हुन पुगे । बलिङमा आयरल्याण्डका स्टुवार्ट थोमसनले दुई विकेट लिए ।

 

Post Add 1025X115
Loading...