रेकर्डकाे मज्जा टिमले जितेपछि बेग्लै हुन्छ- पारस खड्का

0

टी-२० क्रिकेटमा कप्तानका रुपमा सतक प्रहार गर्ने खेलाडीको सूचीमा शिर्ष ५ मा परेका पारस खड्काले आफुले रेकर्ड बनेको थाहा नभएको बताएका छन ।

सिंगापुरमा घरेलु टिम विरुद्ध नौ विकेटका जित दिलाउँदा उत्कृष्ट पारी खेलेको पारस एक दिवसिय र टी २० दुबैमा सतक बनाउने पहिलो कप्तान बनेका पारसले आफुले सतक बनाउदा कीर्तिमान बनेको थाहा नभएको र पछि थाहा पाएपनि आफुले कीर्तिमानका लागि नखेलेको बताएका छन ।

यदि टिमले नजितेमा कीर्तिमानको कुनै काम नुहने बताउदै उनले जवसम्म टिमले जित्छ, तव त्यसको महत्व अर्के हुन्छ, त्यो दिन टिमले पनि जितेको बताउदै उनले जवसम्म खेल्छु, टिमका लागि राम्रो योगदान गर्ने धारणा राखे ।

यसका साथै खेलेपछि कहिले राम्रो हुन्छ, कहिले नराम्रो हुन्छ, आफुले क्रिकेट करियरमा ब्यक्तिगत रुपमा भन्दापनि टिमका लागि खेलेको बताउँदै उनले सिंगापुरमा जिम्बावेलाई हराउने सुनौलो मौका पाएपनि अन्तिममा चुक्न पुगेको धारणा राखे ।

साथै उनले ओमानको कन्डिसन, टिम र अवस्था फरक रहेको बताउँदै उनले यो सिरीजले युवा खेलाडीलाई मनोबल उच्च पार्न र राम्रो एक्पोजर हात पार्ने मौका हुने बताए ।

हेरौ टी-२० मा सतक प्रहार गरेपछि पारसको पहिलो प्रतिक्रिया

Post Add 1025X115
Loading...