विश्व ब्याटमिन्टनकाे बरियतामा प्रिन्सकाे फड्काे

0

विश्व ब्याटमिन्टन महासंघमा नेपाली युवा ब्याटमिन्टन खेलाडी प्रिन्स दाहालको बरियताले छलाङ मारेको छ । नयाँ बरियतामा प्रिन्स ५४ औं बाट ३९ औं बरियतामा पुगेका छन ।

बिडब्लुएफले निकालेको नयाँ बरियतामा प्रिन्सले छलाङ मारेसँगै उनले सहभागिता जनाउने विश्वब्यापि प्रतियोगिताको पनि ढोका खुलेको छ । प्रिन्स अन्न्पुर्ण अन्तराष्ट्रिय ब्याटमिन्टनमा तेस्रो स्थान हासिल गरेका थिए । यसका आधारमा पनि उनको बरियताले फड्को मारेको हो ।

उनी सिनियर अन्तराष्ट्रिय ब्याटमिन्टन प्रतियोगिताको एकल विधाको सेमिफाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी बनेका थिए ।

केहि साता अगाडीमात्र दुबई ओपन प्रतियोगिताको यू–१९ विधामा स्वर्ण जितेका प्रिन्स आसन्न सागको छनोटमा प्रतिस्पर्धामा छन ।
प्रिन्सको यो सफलताले अब उनलाई सिनियर ब्याटमिन्टन प्रतियोगिताको छनोट खेल्नुनपर्ने भएको छ । अब प्रिन्सका लागि कुनैपनि प्रतियोगिता खेल्ने अवसर हुनेछ ।

Post Add 1025X115
Loading...