सागका लागि टेबलटेनिस खेलाडी छनोट, फिट भएपछि स्यान्टूलाई मौका दिइने

0

नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि टेबलटेनिस खेलाडीको अन्तिम छनोट पूरा भएको छ । पुरुष-महिला दुवैमा समान ५–५ खेलाडी छनोट भएका छन् ।

पुरुषमा नेपाल प्रहरीका विनेश खनियाँ, एपीएफका पुरुषोत्तम वज्राचार्य र शिवसुन्दर गोथे, प्रदेश ३ का सम्योग कपाली तथा प्रहरीका सुनील महर्जन क्रमशः शीर्ष पाँच स्थानमा रहँदै छनोट भए । महिलामा शीर्ष ५ मा रहँदै छानिनेमा क्रमशः प्रहरीकी नविता श्रेष्ठ, नेपाल आर्मीकी रविना महर्जन र दिक्षा तामाङ, प्रहरीकी एलिना महर्जन तथा एपीएफकी सिका सुवाल छन् ।

पुरुषतर्फ नम्बर वान खेलाडी स्यान्टू श्रेष्ठ सवारी दुर्घटनामा परेका कारण अन्तिम छनोटमा सहभागी हुन पाएनन् । ‘फिट’ भएको खण्डमा स्यान्टूले शीर्ष ५ मा छनोट भएका खेलाडी सुनीलसंग पुनः छनोट खेल्न अवसर पाउने प्रथम उपाध्यक्ष वज्राचार्यले जनाएका छन् ।

Post Add 1025X115
Loading...