बूढानीलकण्ठ बिएमके बास्केटबलको सेमिफाइनलमा पुग्न सफल

0

बूढानीलकण्ठ पाँचौं बीएमके खुला पुरुष बास्केटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

चण्डोलस्थित आयोजक विशाल मिलन केन्द्र (बीएमके) को कोर्टमा भएको लिग खेलमा बूढानीलकण्ठले गोल्डेनगेटलाई ५९–५० ले पराजित गर्दै समूह ‘बी’ को विजेता बन्यो । पराजयका बावजुद गोल्डेनगेट पनि समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको छ । बूढानीलकण्ठका रुपेश नापितले १६ अंक जोडे ।

पहिलो क्वाटरमा बूढानीलकण्ठले १७–१४ को अग्रता लिएको थियो । दोश्रोमा गोल्डेनगेटले १७–१४ कै अग्रता लिदै खेललाई २१–२१ को बराबरी ल्याएको थियो । बूढानीलकण्ठले तेश्रोमा १०–७ र चौथोमा १८–१२ को प्रदर्शन गर्दै सेमिफाइनल यात्रा पक्का ग¥यो ।

सेमिफाइनलमा बूढानीलकण्ठको भेट एनसीएचएससंग हुने छ भने गोल्डेनगेटले कीर्तिपुरको सामना गर्ने छ । सेमिफाइनल शुक्रबार हुने छ ।

Post Add 1025X115
Loading...