१३ औं सागः कुस्ती प्रतियोगिता जनकपुरमा हुने

0

नेप्लेज, ९ असोज । काठमाडौै, ललितपुर र कास्कीमा आयोजना हुने तय भएको १३ औं दक्षिण एसियाली खेलकुदको आयोजना स्थल बिस्तार गरिएको छ ।

बिहीबार सिंहदरबारमा बसेको साग तयारी समितिको बैठकले सागमा सहभागी २७ खेलमध्ये कुस्तीको प्रतियोगिता धनुषाको जनकपुरमा गर्ने निर्णय गरेको हो ।

यसअघि ललितपुरमा आयोजना गर्ने गरी तयारी भए पनि तराईको लोकप्रिय खेल भएकाले कुस्तीलाई २ नम्बर प्रदेशमा आयोजना गर्ने निर्णय गरिएको हो ।

त्यस्तै महिला क्रिकेटका खेल पोखरा रंगशालामा गर्ने गरी तयारी समितिमा निर्णय भएको छ । यसअघि पुरुष र महिला क्रिकेटका दुवै प्रतियोगिता काठमाडौंमै गर्ने तय भएको थियो ।

सागअन्तर्गत काठमाडौंमा ११, पोखरामा ९, ललितपुरमा ९ र धनुषामा १ खेलको इभेन्ट आयोजना हुने भएका छन् । सागमा २७ खेल समावेश भए पनि फुटबल र क्रिकेटको महिला पुरुष तथा बीच भलिबल र थ्री बाई थ्री बास्केटबलसहित ३१ इभेन्ट सन्चालन हुनेछन् ।

काठमाडौंमा आयोजना हुने खेलः एथ्लेटिक्स, बास्केटबल, थ्री बाई थ्री बास्केटबल, साइक्लिङ, क्रिकेट (पुरुष), फेन्सिङ, फुटबल (पुरुष), गल्फ, कवड्डी, खो–खो, टेवलटेनिस, भलिबल

ललितपुरमा हुने खेलः बक्सिङ, जुडो, कराँते, शुटिङ, स्क्वास, पौडी, टेनिस, तेक्वान्दो, उसु

पोखरामा हुने खेलः आर्चरी, ब्याडमिन्टन, क्रिकेट (महिला), फुटबल (महिला), ह्यान्डबल, प्याराग्लाइडिङ, ट्रायथोलन, भारत्तोलन, बीच भलिबल

जनकपुरमा हुने खेलः कुस्ती

Post Add 1025X115
Loading...