टेबलटेनिसका स्यान्टु ६ साता खेल्न नसक्ने

0

नेपाली टेबल टेनिसका तीन पटकका राष्ट्रिय च्याम्पियन सान्टु श्रेष्ठ दुर्घटनामा परेका छन ।

आज दिउसो मोटरसाइकलमा गइरहेका बेला बा एक ज ८८३१ नम्वरमा माइक्रोले उनलाई ठक्कर दिदा दुर्घटना भएको थियो । उनको खुट्टामा चोट लागेको छ भने उनी अब कम्तिमा ६ साता खेलबाट टाढा हुने भएका छन ।

उनको खुट्टामा पलास्टर लगाइएको छ । सो पलास्टर निकाल्न कम्तिमा पनि ६ साता लाग्ने भएको छ । उनलाई डाक्टरले ६ साता आराम गर्न सल्लाह दिएका छन । त्यसपछि उनले फिजियाेथेरापी पनि गर्नुपर्ने छ ।

उनको बबरमहलको अन्नपुर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ । सान्टु आसन्न सागको बन्द प्रशिक्षणमा पनि रहेका छन ।

Post Add 1025X115
Loading...