गोर्खा ब्वाइजलाई सफलता

0

काठमाडौं, ५ असोज । गोर्खा ब्वाइजले पाँचौं बीएमके खुला पुरुष बास्केटबल प्रतियोगितामा सोमबार जित हात पारेको छ ।

गोर्खा ब्वाइजले अन्नपूर्णलाई ५५–५० ले पराजित ग¥यो । गोर्खा ब्वाइजका आयुश महर्जनले १७ अंक जोडे । पहिलो क्वाटरमा गोर्खा ब्वाइज १०–१२ ले पछि परेको थियो । त्यसपछिका दुई क्वाटरमा अग्रता लिएको गोर्खा ब्वाइजले १५–११ र १९–९ अंक जोड्दै जितको आधार खडा गरेको थियो । चौथो क्वाटरमा गोर्खा ब्वाइज ११–१८ ले पछि रह्यो ।

विशाल मिलन केन्द्र (बीएमके) द्वारा आयोजित प्रतियोगितामा बूढानीलकण्ठ, एसडिसी र कीर्तिपुरले जित हात पारे ।

बूढानीलकण्ठले आईस वाकरलाई ४६–४२ ले हरायो । बूढानीलकण्ठका रुपेश नापितले १६ स्कोर गरे । बूढानीलकण्ठ पहिलो क्वाटरमा १३–१५ ले पछि प¥यो भने चौथो तथा अन्तिम क्वाटर १३–१३ को बराबरीमा सकिएको थियो । बूढानीलकण्ठले दोश्रोमा १०–८ र तेश्रोमा १०–६ को प्रदर्शन गर्दै जित सुनिश्चित ग¥यो ।

एसडिसीले आयोजक बीएमकेलाई ६१–४९ ले पाखा लगायो । एसडिसीका राजेश ठकुरीले २२ अंक जोडे । एनसीएचएस विरुद्धको खेलमा कीर्तिपुर ५९–४७ ले विजयी भयो । कीर्तिपुरका अनिल खड्गीले १४ अंक जोडे ।

Post Add 1025X115
Loading...