नेपालकाे लक्ष्य सेमिफाइनल, भुटानले राम्राे चुनाैती दिनसक्ने

0

साफ यू–१८ फुटबलमा नेपालले समूह चरणको अन्तिम खेलमा आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।

उपाधि माथि ह्याट्रिक गर्ने दाउँमा रहेको नेपाल समूह चरणको अन्तिम खेलमा सहज जितका साथ सेमिफाइनल पुग्ने लक्ष्यमा हुने छ । तर भुटान भने पहिलो खेलमा नेपाललाई कम्तिमा बराबरी गर्ने तयारीका साथ मैदान उत्रने लक्ष्यमा छ । यदि आजको खेलमा नेपाल विजयी भए चार अंकका साथ सेमिफाइनल पुग्दा माल्दिभ्स र भुटानबीचको नतिजाले सेमिफाइनल पुग्ने दोस्रो टिमको टुंगो लाग्ने छ ।

२०१५ मा पहिलो पटक नेपालमै आयोजना भएको यू १८ साफ च्याम्पियनसिपको उपाधि नेपाललै नै जितेको थियो भने भुटानमा भएको दोस्रो संस्करणको उपाधि पनि नेपालले जितेको थियो । नेपालले २०१७ मा भएको दोस्रो संस्करणमा पहिलो खेलमा भुटानसँग १–० ले पराजित भएको थियो । सोहि आश्चर्यजनक नतिजाका लागि भुटानले जतिबेला पनि मुभ बनाउने खतरा भने रहने छ ।

त्यतिबेला ८७ औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दैै भुटानले नेपालमाथि १–० को जित निकालेको थियो । प्रतियोगितामा सहभागि पाँच टिम भएकाले राउण्ड रोविन लिगका आधारमा शीर्ष स्थानमा रहने टिमले उपाधि जितेको थियो । जसमा बाँकी खेल जित्दै नेपालले ९ अंकका साथ उपाधि जित्दा दोस्रो भएको भारतको पनि ९ अंक नै रहे पनि गोल अन्तरका आधारमा उप विजेता बनेको थियो ।

नेपाल भन्दा भुटान तुलनात्मकरुपमा कमजोर रहे पनि नेपालले सम्हालिएर खेल्न भने जरुरी हुने छ । माल्दिभ्सविरुद्ध नेपालले गरेका गल्तिहरुबाट पाठ सिक्दै अघि बढ्ने पर्नेमा नेपाली टिमका प्रशिक्षक चेतनारायण श्रेष्ठ बताउँछन् ।

माल्दिभ्सविरुद्धको खेलमा मनिष डाँगीले गरेको गोलले नेपालले सम्भावित हार टारेको थियो । आइतबार भुटानविरुद्ध शुरुमै अग्रता बनाउने गरि मैदान उत्रने प्रशिक्षक श्रेष्ठको भनाई छ । साथै मनिषका साथै शिशिर लेखी, बृजेश चौधरी, नितिन थापाको खेलमा पनि नेपाली टिम भर पर्ने छ । नेपाल र भुटान विचको खेल तीन बजेबाट सुरु हुनेछ ।

Post Add 1025X115
Loading...