प्रिमियर लिगमा बर्नले र सेफिल्ड विजयी

0

काठमाडौं, ४ असोज इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नले विजयी भएको छ ।

शनिबार भएको खेलमा बर्नलेले नर्विच सिटीमाथि २–० को जीत निकालेको हो । बर्नलेको जीतमा दुवै गोल क्रिस वुडले गरेका थिए । दशौं मिनेटमा उडले गोल गर्दै बर्नलेलाई शुरुआती अग्रता दिलाएका थिए ।

पहिलो गोल गरेको चार मिनेट पछि नै उडले नै व्यक्तिगत दोस्रो गोल थपेका थिए । पहिलो हाफमा २ गोल गरेको बनलेले दोस्रो हाफमा गोल थप्न भने सकेन । जीतसँगै बर्नले सातौं स्थानमा उक्लिएको छ ।

यस्तै शनिबार नै भएको अर्को खेलमा एभर्टन सेफिल्ड युनाइटेडसँग २–० गोलले पराजित भयो । सेफिल्ड जितसँगै ८ अंकका साथ तालिकाको आठौं स्थानमा उक्लिएको छ । सेफिल्डको जीतमा एक गोल उपहार पाएको थियो ।

पहिलो हाफ गोलरहित बराबरी भएकोमा ४८ औं मिनेटमा एरी फर्नान्डोले आत्मघाति गोल गरेपछि सेफिल्डले अग्रता बनाएको थियो । ७९ औं मिनेटमा लेस मोस्युटले गोल गर्दै सेफिल्डलाई २–० को जीत दिलाए ।

Post Add 1025X115
Loading...