काेल्न विरुद्द बार्यनकाे सहज जित, लेवान्दाेस्कीकाे २ गाेल

0

जर्मन बुन्डेसलिगामा बार्यन म्युनिखले कोल्नलाई चार शुन्यको भारी अन्तरले हराएको छ । जितसँगै बार्यन लिगको शिर्ष स्थानमा उक्लिएको छ ।

घरेलु मैदान अलायन्स एरिनामा ७५ हजार दर्शकमाझ भएको खेलमा बार्यनको जितमा रोबेर्ट लेवान्दोस्कीले दुई गोल गरे । १० खेलाडीमा झरेको कोल्न विरुद्ध बार्यनले तेस्रो मिनेटमा नै अग्रता बनायो । किमिचको पासमा लेवान्दोस्कीले गोल गर्न सफल भए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको बार्यनले ४८ औं मिनेटमा दोस्रो गोल गर्यो । उसका लागि लेवान्दोस्कीले नै गोल गर्यो ।

५९ औं मिनेटमा कोल्नका इजीबु दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरीएपछि १० खेलाडीमा झर्न पुग्यो । त्यसपछि ६२ औं मिनेटमा यसै सिजन लिभरपुलबाट लोनमा गएका फिलिप कोउन्टिन्होले पेनाल्टीमा गोल गर्दै टिमलाई तीन शुन्यले अगाडी राखे ।

७३ औं मिनेटमा इभान पेरिसीचले गोल गर्दै बार्यनको अग्रता चार शुन्यमा पुर्याए । जितसँगै बार्यनले ११ अंकका साथ लिगको शिर्ष स्थानमा उक्लिएको छ ।

Post Add 1025X115
Loading...