गोल्डेनगेटको विजयी सुरुआत

0

गोल्डेनगेटले पाँचौं बीएमके खुला पुरुष बास्केटबल प्रतियोगितामा शनिबार विजयी सुरुआत गरेको छ ।

विशाल मिलन केन्द्र (बीएमके) द्वारा आयोजित प्रतियोगितामा गोल्डेनगेटले एसडिसीलाई ६४–५२ ले पराजित ग¥यो । गोल्डेनगेटका राजीव जोशीले १५ अंक जोडे ।

चण्डोलस्थित विशाल मिलन केन्द्रको आफ्नै कोर्टमा भइरहेको प्रतियोगितामा आइस वाकर, गोर्खा ब्वाइज र कीर्तिपुरले पनि जित हात पारे ।

आइस वाकरले आयोजक बीएमकेलाई ४८–४१ ले हरायो । आइस वाकरका उर्गेनले १७ स्कोर गरे । गोर्खा ब्वाइजले एनसीएचएस क्लबलाई ६७–३० ले पाखा लगायो । अन्नपूर्ण विरुद्धको प्रतिस्पर्धामा कीर्तिपुर ६१–३५ ले विजयी भयो । कीर्तिपुरका सुरज खड्गीले १७ अंक जोडे ।

साताव्यापी लिग कम नकआउट प्रतियोगितामा १० टिम सहभागी छन् । विजेताले ४० हजार तथा उपविजेताले २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

Post Add 1025X115
Loading...