राष्ट्रिय फुल कन्ट्याक्ट कराते भोलि

0

काठमाडौं, ४ असोज । इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते (आईएफकेके) नेपालको आयोजनामा दोश्रो आईएफकेके राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता शनिबार हुने भएको छ ।

प्रतियोगितामा पुरुषतर्फ ४ तौलसमूहमा प्रतिस्पर्धा हुने ब्रान्च चिफ प्रेम लामाले जनाएका छन् । ३० केजी, ४५ केजी, ५५ केजी र ६५ केजी तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । नगद पुरस्कारको पनि व्यवस्था रहेको बताइएको छ ।

प्रतियोगितामा विभिन्न जिल्लाका ९० खेलाडीको सहभागिता रहने छ । एकदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा हुनेछ ।

Post Add 1025X115
Loading...