काम गरेर देखाउनका लागि चुनाव लड्ने चन्दकाे भनाई, आफ्नो पल्ला भारी भएको अंकगणित

0

नेपाल क्रिकेट संघको नयाँ कार्यसमितीको निर्वाचनका लागि यतिबेला भित्रभित्र चुनावी होमवर्क सुरु भइसकेको छ । चुनावका लागि मतदातालाई आफ्नो तिर तान्ने क्रमपनि सुरु भइसकेको छ । यसपटकको क्यानको नेतृत्वका लागि अहिलेसम्म चार जना ब्यक्ति अध्यक्षमा लड्ने चर्चा भइरहेको छ । त्यसमा विनयराज पाण्डे र चतुरबहादुर चन्दले खुल्ला रुपमा नै आफ्नो उम्मेदवारी दिने बताइसकेका छन । यी दुई बाहेक विनोद मैनाली र डुण्डु लामाले पनि यो पदका लागि लड्नसक्ने बताइएको छ ।

अब क्यानको नयाँ नेतृत्वका लागि भित्रभित्र रुपमा अंकगणितको खेल सुरु भइसकेको छ भने मतदातासँग आफ्नो निकटता बढाउने काम पनि अगाडी बढाइसकेका छन ।

क्यानको उम्मेदवारमा एक विनयराज पाण्डेले नेपाली क्रिकेटको भत्किएको संरचना र विग्रिदो अवस्थालाई सुधार गर्न र नेपाली क्रिकेटलाई राम्रो लयमा ल्याउनका लागि आफु आउन खोजेको बताएका छन । यसका साथै उनले आफ्नो अनुभव मात्र होइन, नेपाललाई टेष्ट क्रिकेट देश बनाउनका लागि सक्षम ब्यक्तिको खाँचो रहेकाले यसपटक अध्यक्षमा लड्ने र सबैलाई मिलाएर अगाडी जाने पनि बताएका छन ।

यता अध्यक्षका लागि खुल्ला रुपमा लड्ने भनेर तयारी गरिरहेका चतुर बहादुर चन्दले यसअघि आफ्नो नेतृत्वमा क्यान हुँदा काम गर्न नपाएको, चुनाव भएको लगत्तै काम गर्ने अधिकार खोसिएकाले आफ्नो इच्छा अन्तिम पटक क्यानको नेतृत्वलाई सम्हालेर काम देखाउने गरि अध्यक्ष बन्ने बताए ।

उनले काम गर्ने बाताबरण बनिरहेका बेला आफुलाई कुर्सी भन्दापनि काम गर्नुपर्ने र नेपाली क्रिकेटको विकाशमा आफ्नो नेतृत्व कोशेढुंगा सावित हुने समेत बताए ।

यसका साथै अहिले बाहिरी रुपमा केहि चर्चा नगरेपनि अरु दुई जना विनोद मैनाली र डुण्डु लामा पनि आफ्नो दावेदारीता देखि मुडमा छन । तर उनीहरु खुलेर भने बोलेका छैनन ।

यस्तो छ चन्दको चुनावी समिक्षा

नेपाल क्रिकेट संघका अध्यक्षका उम्मेद्वार चतुरको मतको अंक गणित सुन्दा उनले तीन चौथाईले चुनाव जित्ने विश्वास गरेका छन । कुल ५९ मतमा ८० प्रतिशत मत आफ्नो पक्षमा रहेको उनको भनाई छ ।

चन्दको अनुमान र विश्वास गरेको मतमा प्रदेश सातबाट ११, प्रदेश पाँचबाट १२ मा ११, दुई मा ११ वटा नै आउने दावी गर्छन । यस्तै एक र तीन भने आफ्नो पकड त्यति राम्रो नभएपनि आँधा आँधा हुने दावी चन्दको छ ।

यसका साथै उनले यदि अर्का उम्मेदवार विनयराज पाण्डे चुनाव लडेमा ४० देखि ४५ मत आउने यदि नलडेमा ५० भन्दा बढि मत आफ्नो पक्षमा रहेको उनको भनाई छ ।

चन्दले गरेको यो अनुमानमा केहि फेर बदेल भने हुने ठुलो संभावना छ । किनकी अहिले अध्यक्षका उम्मेदवारको चर्चामा रहेका बाँकी तीन जना मिलेमा र चन्द एक्ले भएका अवस्था फरक हुन सक्नेछ । यदि त्यसो भयो भने फेरी पार्टीगत चलखेल नहोला भन्न सकिन्छ ।

परिषद्को दाउ

क्यानको यसपटकको चुनावमा राष्ट्रिय खेलकुद परिषद्को पनि ठुलो हात रहनेछ । बाहिरी रुपमा परिषद्ले पनि आफ्नो रोललाई चुनावमा भरपुर प्रयोग गर्ने संभावना रहेको छ । परिषदका सदस्यसचिव रमेश सिलवालको भित्री चाहना विनयराज पाण्डे अध्यक्ष बनुन भन्ने रहेको छ । उनले विनोद मैनालीलाई यो होडबाट आउट नै गरिसकेको बुझिएको छ ।

अब अन्तिममा डुण्डु निर्वाचनमा उठेमा पनि उनलाई विनयराजलाई समर्थन गर्न निर्देशन दिनेपनि ठुलो संभावना रहेको छ । जे होस यसपटक फेरी क्यानको निर्वाचनमा असली रंग देखिने पक्का छ ।

निर्वाचनका लागि मदाधिकार

साधारण सदस्यको नाम थर    जिल्ला/प्रदेश
अर्जुन पौडेल,   इलाम
लाक्पा लामा,  झापा
रोशन कुमार बुढाथोकी,  मोरङ
कैलाश विष्ट,  सुनसरी

शम्भु प्रसाद शर्मा,  उदयपुर
मिङ्मा डुण्डु शेर्पा,  प्रदेश १
मनोज कटुवाल,  प्रदेश १
शिरिष उपाध्याय,  प्रदेश १
पवन कुमार अग्रवाल,  बारा
हिरा भगन,  धनुषा
रोशन कुमार सिंह,  महोत्तरी
दाउद अंसारी,  पर्सा
पवन कुमार गुप्ता,  रौतहट
आयुष श्रेष्ठ,  सप्तरी
माधव कुमार कर्माचार्य,  सर्लाही
सुनिल कुमार महासेठ,  सिरहा
आकाश पाण्ड्ये,  प्रदेश २
सुनिल कुमार शाह,  प्रदेश २
मुर्तुजा हवारी,  प्रदेश २
अनिल कुमार शर्मा,  प्रदेश २
विनय राज पाण्डे,  भक्तपुर
कैलाश प्रधान,  चितवन
अमित वीर पाण्डे,  काठमाडौं
नरेश राणा,  ललितपुर
दिपेन्द्र ढकाल,  मकवानपुर
उपेन्द्र भट्टराई,  नुवाकोट
दुर्गाराज पाठक,  प्रदेश ३
करन महतरा क्षेत्री,  प्रदेश ३
प्रफुल्ल बैध,  प्रदेश ३
संजय कान्त सिग्देल,  कास्की
राजुबाबु श्रेष्ठ,  नवलपुर
जगतबहादुर टमाटा,  स्यांङजा
सुदिप शर्मा,  तनहुँ
ऋषी राम गौतम,  प्रदेश ४
प्रकाश पौडेल,  प्रदेश ४
विनोद कुमार मैनाली,  बाँके
अशोक नाथ प्याकुरेल,  बर्दिया
प्रदिप मज्गैया,  दाङ
प्रकाश गैरै,  कपिलवस्तू
कृष्ण प्रसाद श्रेष्ठ,  नवलपरासी
राजेश श्रेष्ठ,  पाल्पा
प्रशान्त विक्रम मल्ल,  रुपन्देही
पदम बहादुर खड्का,  सुर्खेत
संजय गुरुङ,  प्रदेश ५,६
संजय राज सिंह,  प्रदेश ५,६
विनय राजभण्डारी,  प्रदेश ५, ६
श्रीधर केसी,  प्रदेश ५,६
धिरेन्द्र साउद,  अछाम
चतुरबहादुर चन्द,  बैतडी
प्रविन्द्र बहादुर चन्द,  कञ्चनपुर
बासुदेव जोशी,  डडेल्धुरा
दिनेश सिंह,  डोटी
जयन्ती भट्ट,  दार्चुला
विक्रम विष्ट,  कैलाली
हरि रेग्मी,  प्रदेश ७
तेज प्रकाश भट्ट,  प्रदेश ७
आशिष कुमार,  प्रदेश ७
हरि प्रसाद उप्रेती,  प्रदेश ७

Post Add 1025X115
Loading...