सागका लागि टेनिस छनोट सुरु

0

नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद ९साग० का लागि लनटेनिस खेलाडीको छनोट प्रतिस्पर्धा बिहीबारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सुरु भएको छ ।

छनोटमा पुरुषतर्फ १० र महिलामा ७ गरी जम्मा १७ खेलाडी सहभागी छन् । छनोट राउन्ड रोविन लिगका आधारमा हुने छ । पुरुष÷महिला दुवैमा शीर्ष ६ स्थान हात पार्ने खेलाडीले सागमा सहभागिताको अवसर पाउने नेपाल टेनिस संघले जनाएको छ ।

पुरुषमा संरक्षकभूषण वज्राचार्य, अभिनव आचार्य, सम्यकभूषण वज्राचार्य, प्रणव खनाल, भीष्म काउछा, दावा सोनाम शेर्पा, आत्माराम कार्की, नवीन मगर, प्रदीप खड्का र सन्तोष खत्री सहभागी छन् ।

महिलामा प्रेरणा कोइराला, प्रकृति श्रेष्ठ, रायना शाह, इरा रावत, सलोनी तामाङ, इन्द्रकला श्रेष्ठ र अभिलाषा विष्टले प्रतिस्पर्धा गरिरहेका छन् । छनोट असोज १४ गतेसम्म चल्ने छ ।

Post Add 1025X115
Loading...