फिटनेसका कारण २०२३ काे विश्वकप खेल्छु जस्ताे लाग्दैन – पारस खड्का

0

नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले अबको २ वर्ष नै अाफ्नाे सक्रिय क्रिकेट जीवन हुन सक्ने बताएका छन ।

ओमान र सिंगापुर सिरिजका लागि टिम घोषणा कार्यक्रममा कप्तान पारसले अहिलेको आफ्नो फिटनेशको अवस्था हेर्दा २०२३ को विश्वकपसम्म आफू टिममा हुने सम्भावना कम रहेको आंकलन गरे । अहिलेको आफ्नो फिटनेश देख्दा कम्तिमा २ वर्ष त क्रिकेट खेल्छु भन्ने लागेको पनि बताए ।

रहर मात्रै गरेर नहुँदै भन्दै आफ्नो फिटनेशमा पनि ध्यान दिइरहेको र त्यसै अनुसार आफू अघि बढ्ने बताए । अहिले नेपाली टिममा राम्रा युवाहरुको वाहुल्यता रहेको तर्फ संकेत गर्दै टिम राम्रो बन्दै आएको पनि उल्लेख गरे । पारसले सक्रिय खेल जीवन पछि पनि आफू क्रिकेटकै अन्य विधामा सक्रिय रहने बताउँदै आएका छन् ।

अबकाे एक बर्ष कसरी श्वास्थ्य अगाडी बढ्छ, त्याे हेरेर नै त्यसपछिकाे करियर हेर्नुपर्ने बताए । तर ब्यक्तिगत रूपमा भन्ने हाे भने २०२३ काे विश्वकप खेल्छु जस्ताे मलाइ लाग्दैन पारसले पत्रकारसँग भने । त्यसैले पनि उनले अहिले देखिनै युवा खेलाडीलाइ ग्रुम गरेर जिम्मेवार बनाउने खाेजेकाे बताए ।

Post Add 1025X115
Loading...