नेपाली क्रिकेट टिमको घोषणा, दीपेन्द्र उपकप्तान, शरद र बसन्तकाे स्थानमा कुशल र इशान टिममा

1

काठमाडौं, २ असोज । नेपालले आसन्न सिंगापुर र ओमानमा हुन लागेको टी–२०क्रिकेट सिरिजका लागि टिम घोषणा गरेको छ ।

नेपालले सिंगापुरमा घरेलु टिमसहित जिम्बाब्वेविरुद्ध सिरिज खेल्दै छ भने त्यसपछि आयरल्याण्ड, नेदरल्याण्ड्स, हङकङ र ओमनासँगको सिरिज खेल्ने छ । मातृशोकका कारण घर फर्किएका प्रशिक्षक उमेश पटवाल बुधबार नेपाल फर्किएकाले आज नेपाली टिमको घोषणा गरिएको हो ।

नेपाल क्रिकेट संघ क्यान आईसीसीको प्रतिबन्धमा परेकाले प्रशिक्षक, कप्तान र आईसीसीका प्रतिनिधिले टिम छनोट गर्दै आएका छन् ।

नियमित उप कप्तान ज्ञानेन्द्र मल्लले यो सिरिजमा सहभागिता नजनाउने भएपछि उपकप्तानको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीले पाएका छन् । यसैगरी शरद भेषावकर र बसन्त रेग्मीलाई विश्राम दिइएको छ । १५ सदस्यीय टिममा इशान र कुशल मल्ल पहिलाे पटक टिममा पर्न सफल भएका छन् । यसका साथै उनीहरू पहिलाे पटक नै सिनियर टिमकाे क्याम्पमा परेका थिए । उमेर समुह हुँदै दुबै खेलाडीले राष्ट्रिय टिमकाे ढाेका खाेलेका हुन ।

नेपाली टिमः

१.पारस खड्का (कप्तान), २.दीपेन्द्र सिंह ऐरी (उप कप्तान), ३.कुशल मल्ल, ४.इशान पाण्डे, ५.सोमपाल कामी, ६.सन्दीप लामछाने, ७.करण केसी, ८.ललित नारायण राजवंशी , ९.आरिफ शेख, १०.सन्दीप जोरा, ११.विनोद भण्डारी , १२.पवन सरार्फ , १३.अभिनाश बोहोरा, १४.रोहित कुमार पौडेल, १५.सुशन भारी

Post Add 1025X115
Loading...