उदयीमान युवा ब्याटमिन्टन खेलाडी प्रिन्सकाे बरियतामा छलाङ, १०३ बाट ५४ औ स्थानमा पुगे

0

दुबईमा सम्पन्न दुबईमा ओपन ब्याटमिन्टन च्याम्पियनसिपको यू १९ उमेर समुहमा स्वर्ण जितेका नेपाली उदयीमान खेलाडी प्रिन्स दाहालको बरियतामा ब्यापक सुधार भएको छ । प्रतियोगिताको उपाधि जित्नु अगाडी एक सय भन्दा तलको बरियतामा रहेका प्रिन्स नयाँ बरियतामा ५४ औं स्थानमा पुगेका छन ।

विश्व ब्याटमिन्टन महासंघले सार्वजनिक गरेको बरियतामा प्रिन्स एक सय तीन बरियताबाट ५४ औं स्थानमा उक्लिएका हुन । उनले ५ हजार ४५ अंक बुटलेका छन । उमेर समुहमा अन्तराष्ट्रिय स्तरमा सफल खेलाडी बन्दै गएका प्रिन्सले अघिल्लो बर्षपनि दुबईमा नै यू १५ च्याम्पियनसिपको उपाधि जितेका थिए ।

यसपटक प्रिन्सले अघिल्लो संस्करणका यू १९ का विजेता बरुन कपुरलाई हराउँदै नयाँ च्याम्पियन बने । उनले नबौ बरियताका बरुनलाई २१–१९ र २१–१९ को सेटमा फाइनलमा हराएका थिए । यसका साथै उनले मिक्स डबल्स र डबल्समा पनि काश्य पदक जितेका थिए ।

यो उपाधिसँगै प्रिन्सलाई अन्तराष्ट्रिय स्तरका अरु प्रतियोगिताको ढोका पनि खुलेको छ भने अन्तराष्ट्रिय बरियतामा उच्च स्थानमा पुग्ने पहिलो नेपाली खेलाडी पनि बनेका छन ।

Post Add 1025X115
Loading...