साग पुर्वाधारकाे निर्माणमा संसदीय समितिकाे चासाे, सुरू गर्‍यो निरीक्षण

0

आगामी मंसिरमा नेपालमा आयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पूर्वाधारबारे संसदीय समितिले आजबाट अनुगमन सुरू गरेकाे छ ।

संसदको शिक्षा तथा स्वास्थ समितिले बनाएको उपसमितिले पूर्वाधारको अनुगमन गरेको हो । सदस्यसमेत रहेका ओलम्पिक कमिटीका नवनिर्वाचित अध्यक्ष जीवनराम श्रेष्ठको संयोजकत्वमा रहेको संसदीय समितिले दशरथ रंगशालाबाट निरीक्षण सुरु गर्न लागेको हो ।

टोलीले रंगशालासहित काठमाडौं ओलम्पिक कमिटिका निर्वाचित अध्यक्ष तथा प्रतिनिधि सभाका सदस्य जीवनराम श्रेष्ठ तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाल लगायत अन्य व्यक्तिले पुर्वाधारको निरिक्षण गरेका छन् । १३ औं साग आगामी डिसेम्बर १ देखि १० का लागि तय भएको समयमै साग सम्पन्न गर्नुको विकल्प नरहेको अवस्थामा निरिक्षणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

पुर्वाधार निरीक्षणपछि संसदकाे शिक्षा तथा श्वास्थ्य समितीकाे संयाेजक जीवनराम श्रेष्ठसँगकाे कुराकानी

याे निरीक्षणकाे मुख्य उदेश्य के हाे ?

आयोजनाको सम्बन्धमा समितिको तर्फबाट माननिय मन्त्रि ज्यु,सदस्यसचिवलाई आमन्त्रण गरेर यसको तयारी के कस्तो भइरहेको छ र निर्धारितसमयमा हुन सक्छ कि सक्दैन भन्ने सम्बन्धमा छलफलहरु भएको थियो ।

राष्ट्रको गौरवसंग जोडिएको विषय भएकाले निर्धारित समयमा नै आयोजना गर्नुपछ भन्ने उद्धेश्य सहित मेरो उपस्थितिमा एउटा समिति गठन गरिएको थियो । यसको मुख्य काम भनेको निरिक्षण गर्ने, रिर्पोटअनुसारको कामहरु भइरहेको छ कि छैन, काम भइरहेको छ वा छैन र १ देखि १० सम्ममा नै आयोजना गर्ने गरि समितिको तर्फबाट कस्तो सहयोग गर्नुपर्छ र तयारीको लागि कसरी जानुपर्छ भन्ने विषयका लागि नै यो उपसमिति बनाइएको हो ।

यो समितिको अबको काम के हुन्छ ?

माननीय मन्त्री ज्यु र राखेपको सदस्यासचिव लागायत बसेर आयोजनाको विषयमा छलफल भएको छ र पुर्बाधारको पक्षमा , ब्यवस्थापनको पक्षमा सबै कुराहरु भइरहेको छ र डिसेम्बरको १ देखि १० सम्ममा हामीले गर्छाै भनेर उहाँहरुले भन्नुभएको छ । यो राष्ट्रको गौरवको विषय भएकाले संसदको काम र यसलाई जोड्न खोजेको हो ।

त्यसैले हाम्रो उद्धेश्य भनेको यो समयमा नै आयोजना गर्नुपर्छ र यो भब्य रुपमा व्यवस्थित रुपमा हुनुपर्छ भन्ने मान्यता हो । हामिले निरिक्षण गरिसकेपछि तयारीको विषयमा बसेर छलफल गर्छाै, र त्यसकाे रिपोर्ट बनाएर समितिलाई त्यो जानकारि गराउछौँ । सरकारलाई केही पहल गर्नुपर्ने छ भनेपनि त्यो काम समितिबाट हुन्छ ।

आयोजना समयमै हुन्छ भन्नेमा कत्तिको बिस्वस्थ हुनहुन्छ ?

कवर्डहलमा समस्याहरु छैन । गेमको मुख्य ठाउँ भनेकै रंगशाला हो किनकी हाम्रो उदघाटन र समापन हुने ठाउँ यहि नै हो । रंगाशाला तयार भएन भने चै समस्या आउँछ । सदस्यासचिवले रंगशालाको विषयमा समयमिति नोभेम्बर १५ सम्ममा सकिने कुरा रहेको छ । र उहाँको कुरामा बिश्वास लागेको छ किनकी यो सकिन्छ र यसको कारणले खेललाई असर हुँदैन भन्नेमा हामीलाई शंका छैन ।

Post Add 1025X115
Loading...