रियलले घरसँगै पैसा दिन्छु भनेर धाेका दिएका ‘युथ सेन्सेन’ फाटीकाे संघर्ष

बार्सिलाेनाले अहिले नै उनकाे बजार मुल्य १०० मिलियन युराे राखेकाे छ

0

विश्व फुटबलमा यतिबेला आश्चार्यजनक रुपमा चर्चामा आएको एउटा नाम हो अंशु फाटी, दिनप्रतिदिन उनको चर्चा मात्र होइन, मार्केट रेट पनि बढ्दै गएको छ । एक महिनामा फाटीको बजार एकाएक शिखरमा पुगेको छ । उनले गत महिना रियल बेटिस विरुद्धको खेलमा गोल गर्दै कम उमेरमा गोल गर्ने पहिलो खेलाडी बनेपछि उनको मिटर बढेको बढैछ । अब बार्सिलोनाले उनलाई २०२२ सम्मका लागि अनुबन्ध गरेको छ भने उनलाई क्लवबाट रिलिज गर्नुपरेमा एक सय मिलियन युरो तिर्नुपर्ने सर्त राखेको छ ।

फाटीको यो उचाई त्यसै भने पुगेको होइन, यसको पछाडी उनले धेरै कठिनाई भोगेका छन । उनका पिता बोरी एक फुटबलर नै हुन । उनी आफ्नो देश गुयनामा फुटबल खेल्ने गर्थे । सन् २००१ मा उनी स्पेनको सेभिया स्थित एउटा सानो गाँउमा बसाई सरेका थिए ।

उनीसँग फाटी र उनाई दाई ब्राइमा पनि सँगै थिए । उनका दाईले पनि फुटबल नै खेल्थे । फाटीका पिता बोरीले उनी सानो छँदाको सम्झना याद ताजा गरे । जव उनी सात बर्षको थिए, जहिलेपनि फुटबल खेल्न लग भनेर भन्ने गर्थे, बारम्बार एउटै कुरा गरेपछि उनले फाटीलाई एकदिन नगरपालिकाको मैदानमा लगेर नथाक्नसम्म खेल्नु, थाकेपछि घर आउनु भनेर छोडेर गए । सो बेला उनको आफ्नो काम पनि थियो ।

त्यो दिन जब उनी काम सकेर घर फर्किए, उनको घरको अगाडी ठुलो भिड थियो । उनी अचम्ममा परे, के भएछ भनेर । उनलाई त्यहि भिडमा रहेका एक जनाले सोधे, तिमीलाई केहि थाहा छ, यहाँ के आएको छ । उनले केहि आइडीया छैन । ती ब्यक्तिले भोली फाटीलाई मैदानमा लिएर आउ अनि थाहा पाउनेछौ भने ।

अर्को दिन फाटीलाई लिएर बोरी मैदानमा पुगे र उनले खेलेको हेरे, त्यसपछि उनी अचम्ममा परे । एक्लैले सबैलाई छक्याएर गोल गर्न सफल भए । सो बेला सेभियाका डाइरेक्टर उनका छिमेकी थिए । सो बेला उनी पनि त्यहि मैदानमा रहेछन । उनले फाटी र दाईलाई सेभियाको युथ एकेडेमीमा लिएर आउनु भने । सो बेला फाटी स्थानीयक क्लव इस्क्वेला पोलेटेरोससँग सम्झौता गरे ।

जसमा उनले नियमित प्रशिक्षण मात्र पाएनन् फाटीले क्लवलाई ८ वटा उपाधि दिलाए । उनको खेल्ने स्टाइल हेर्दा सेभियाले उनलाई सधैका लागि सम्झौता गर्ने मनसाय बनाएको थियो । सेभिया जहिले पनि आफ्ना युवा खेलाडीलाई बार्सिलोना र रियल मड्रिडको नजरबाट टाढा राख्न चाहन्थ्यो । तर फाटीका लागि त्यो संभव भएन ।

उनी सेभियाको एकेडेमीमा प्रशिक्षण गरिरहेका बेला रियल मड्रिड पनि सोहि गाँउमा युवा खेलाडीको तलासमा पुगेको थियो । फाटीको चर्चा सुनेपछि रियलले उनका लागि मड्रिडमा घरसहित पैशा पनि दिने सर्त अगाडी सार्यो ।

यस्तैमा बार्सिलोना युथ एकेडेमीमा सो बेलाका कोर्डिनेटर अल्बर्ट पुइगले पनि धेरैपटक फाटीको घरमा पुगेर उनको पितासँग कुरा गरेका थिए । उनले रियलको भन्दा धेरै रकम दिन तयार रहेको सम्झौता गरौ भन्दा बोरीले फाटीको सम्झौता भइसकेको भन्दै अस्विकार गरे । तर यो मौखिक थियो ।

जव यो समाचार सेभियाले थाहा पायो, बार्सिलोनाले कति अफर गर्यो । बार्साको अफरलाई काउन्टर दिनका लागि सेभियाका डाइरेक्टरले पनि प्रयास गरेका थिए, तर सफल भएनन । फाटीले बार्सिलोनालाई बचन दिइसकेका थिए । त्यसपछि सेभियाले फाटीको पढाईका साथै आफ्नो युवा टिमबाट खेलाउन बन्द गर्यो । उनलाई फाटीबाट लङ टर्ममा फाइदा हुनेवाला छैन भनेर थाहा पायो ।

सेभियाबाट खेल्न नपाएपछि फाटीले सेभियामा नै चलाएको रियल मड्रिडको टिमबाट केहि समय खेले । तर सिजनको अन्तिममा जव उनी १० बर्षको थिए, बार्सिलोना बसाई सरे । उनका दाई यसअघि नै ला मासिया क्लवमा थिए । उनकी आमा पनि त्यतै थिए र पछि बुवापनि बसाई सरे ।
बार्सिलोनाको युथ टिममा फाटीले सनसनी नै मच्चाए । एक सिजनमा उनले ५६ गोल गरे ।

त्यसपछि फाटीका क्षमतालाई बार्सिलोनाले हरेक सिजन क्यास गर्न सुरु गर्यो । करिव ६ बर्ष युथ एकेडेमीमा विताएपछि फाटीले यसै सिजन सिनियर टिममा स्थान पाए । त्यो पनि मेस्सी चोटग्रस्त भएका बेला प्रशिक्षकले फाटीलाई चान्स दिए । फाटीले पहिलो पाएको चान्सलाई यसरी सदुपयोग गरेकी अहिले क्लव फुटबलमा फाटीको चर्चा निकै हुन थालेको छ ।

फाटीले स्पेनीस पासपोर्टका लागि निवदेन हालेका छन । उनी स्पेनको यू–१७ टिमबाट विश्वकप खेल्न चाहन्छन । जुन अक्टोबर २६ देखि नोभेम्बर १७ सम्म ब्राजिलमा हुनेछ । तनाव के छ भने सोहि बेला रियलसँग बार्सिलोनाको एलक्लासिको पनि रहेको छ । अब फाटीलाई स्पेनको टिमबाट खेल्ने सपना पनि रहेको छ भने रियल र बार्साको एल क्लासिको खेल्ने ठुलो धोको छ । अब त्यसको जिम्मा स्पेनले लिनुपर्नेृ हुन्छ । यता बार्सिलोना एलक्लासिकोमा फाटीलाई राख्नैपर्ने अवस्थामा छ ।

यस्तैमा उनले च्याम्पियन्स लिगमा पनि डेब्यु गर्दैछन । बोरुसिया विरुद्धको खेलका लागि टिममा रहेका फाटीले यदि खेल्ने मौका पाएमा उनी च्याम्पियन्स लिगमा बार्सिलोनाबाट खेल्न सबै भन्दा कान्छा खेलाडी बन्नेछन । उनले १६ बर्ष तीन सय चार दिनमा डेब्यु गर्नेछन । यसअघि यो रेकर्ड बोजान क्रिकको नाममा रहेको थियो । उनले १७ बर्ष ५३ दिनमा र लियोनल मेस्सीले १७ बर्ष ३३१ दिनमा च्याम्पियन्स लिगमा डेब्यु गरेका थिए ।
त्यसमा पनि उनले गोल गरेमा त झन ठुलो कीर्तिमान बन्नेछ । उनलाई बोरुसिया विरुद्ध खेलाउने संभावना पनि प्रबल रहेको छ ।

Post Add 1025X115
Loading...