ओला डोत्साङलाई पेप्सी गल्फको उपाधि

0

काठमाडौं, २८ भदौ । ओला डोत्साङले पेप्सी ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । शनिबार गोकर्ण गल्फ क्बलमा आयोजना भएको प्रतियोगितामा १० जनालाई पछि पार्दै ओलाले उपाधि जितेका हुन् ।

उनले खेल अवधिभर ३९ अंक हासिल गरेका थिए । दोस्रो स्थानमा रहेका दावा शेर्पाले ३८ अंक बनाएका थिए । यसैगरी नवराज थापा र राज प्रधानबीच बराबरी भएका बेला काउन्ट ब्याकमा थापाले ३२ अंकका साथ आफूलाई तेस्रो स्थानमा ल्याए । उनले नै बेस्ट ग्रसको अवार्डसमेत हात पारेका छन् ।

जुनियर तर्फ सद्भाव आचार्य विजयी हुँदा सिनियर तर्फको उपाधि मेजर जनरल दमनबहादुर घलेले हात पारे । महिला तर्फको उपाधि काश्मिरा शाहले जितिन् ।

टासी दोङले लंगेस्ट ड्राइभको अवार्ड जित्दा क्लोजेस्ट टु दी पिनको अवार्ड भने रविन्द्र तिवारीले हात पारे । मस्ट बर्डिजमा राज प्रधानले नाम लेखाए ।

प्रतियोगिता पेप्सीको आधिकारिक उत्पादक बरुण बेवरेजले प्रायोजन गरेको हो । थ्री बाई फोर ह्याण्डि क्याप स्टेबल फोर्ड फरम्याटमा भएको प्रतियोगिताका विजेताहरुलाई गोकर्ण गल्फ क्लबका अध्इक्ष सुहृद घिमिरे तथा बरुण बेवरेजका मार्केटिङ म्यानेजर प्रदीप कुमार राणाले पुरस्कार प्रदान गरेका थिए ।

Post Add 1025X115
Loading...