हरिलाई टिभिएस खुला दौडको उपाधि

0

काठमाडौं, २७  भदौ । आर्मीका हरि रिमालले टिभिएस खुला दौड प्रतियोगिताको उपाधि जितेका छन् । आर्मीको बचश्व रहेको दौडमा उपाधि बिजेता रिमालले २६ मिनेट,२९.८१ सेकन्डमा दुरी पार गरेका थिए ।

दोश्रो स्थानमा रहेका दिपक अधिकारी १.४ सेकेण्डले मात्र पछि परेका थिए । उनले उक्त दुरी पार गर्न २६ मिनेट ३०.८५ सेकेण्डको समय खर्चेका थिए । तेश्रो स्थानमा रहेका आर्मीकै गजेन्द्र राईले २६ मिनेट ३५.९० सेकेण्डमा दुरी पार गरेका थिए ।

स्वस्थ्यका लागि रमाईलो टिभिएस दशैं दौड भन्ने नाराका साथ सुरु भएको दौडमा ५ बर्षका बालक नेबिस रौनियार पनि दौडमा सहभागिता भएका थिए ।

युवा तथा खेलकुद मन्त्री जगतवहादुर सुनारले उद्घाटन गरेको ८ किमी खुला दौडमा नक्शालको बाल मन्दिर हुदै सिटिसेन्टर, कमलपोखरी,पुतलीसडक, भृकुटीमण्डप, थापाथली, त्रिपुरेश्वर, सुनधारा, दरबारमार्ग, नागपोखरी हुदै नक्शालको टिभिएस सोरुममा आएर समाप्त भएको थियो ।

बिजेता खेलाडीलाई आयोजक जगदम्बा मोटर्स प्रालीका उपाध्यक्ष दिपक अग्रवाल,ओलम्पियन म्याराथन किर्तिमानी धावक बैकुण्ठ मानन्धर, अल्ट्राधाविका मिरा राई,आयोजक जगदम्बा मोटर प्रालीका बजार प्रमुख नवराज कोईरालालगायतले बिजेता खेलाडीलाई पुरस्कृत गरेका थिए ।

उपाधि बिजेता रिमालले ५० हजार,उपबिजेता अधिकारीले २५ हजार र तेश्रो स्थान हात पार्ने राईले नगद १५ हजार प्राप्त गरेका थिए । जगदम्बा मोटर प्रालीको ५ औं बर्ष गाठका अवसरमा दौड नेपालको सातै क्षेत्रमा आयोजना गरिने बजार प्रमुख नवराज कोईरालाले जानकारी गराईएक छन् ।

Post Add 1025X115
Loading...