एसेज शृंखला : इग्ल्याण्डलाई ७८ रनको अग्रता

0

एसेज शृंखलाको अन्तिम टेस्टमा इंग्ल्याण्डले दोस्रो पारिमा ७८ रनको अग्रता बनाएको छ ।

२९४ रनमा इंग्ल्याण्डलाई समेटेर पहिलो पारि शुरु गरेको अस्ट्रेलिया २२५ रनमा समेटिन पुग्यो । ओभलमा जारी प्रतियोगिता अन्तर्गत अस्ट्रेलियाको इनिङ्समा यस पटक पनि स्टिव स्मिथको ब्याटबाट राम्रो रन बनेको थियो ।

स्मिथले सर्वाधिक ८० रन बनाउँदा मार्नोस लाबुसचेनले ४८ रन बनाए । नाथन लियोनले २५ रन बनाउँदा म्याथु वेडले १९ रनको योगदान गरे । अस्ट्रेलियालाई एकैदिनमा समेट्न इंग्ल्याण्डका जोफ्रा आर्चर एक्लैले ६ विकेट लिए ।

सम कुरानले तीन तथा क्रिक्स वक्सले १ विकेट हात पारे । दोस्रो दिन नै आफ्नो दोस्रो पारि शुरु गरेको इंग्ल्याण्डले खेलसकिँदासम्म ९ रन जोड्दा कुनै पनि विकेट गुमाएको छैन् । जुन इंग्ल्याण्डको ७८ रनको अग्रता हो । टेस्ट च्याम्पियनसिपको रुपमा रहेको यो एसेजमा अस्ट्रेलिया २–१ ले अगाडी रहेको छ।

Post Add 1025X115
Loading...