नाडाल र फेडेररलाई बेर्नाबेउमा खेलाउने तयारीमा रियाल

0

स्पेनीस क्लव रियाल मड्रिडले आफ्नो घरेलु मैदान सान्टियागो बेर्नाबेउमा टेनिस खेल खेलाउने योजना बनाएको छ । रोजर फेडरर र रफायल नाडाल विचको खेलका लागि उसले फुटबल मैदानमा नै टेनिस कोर्ट तयार पार्ने भएको छ ।

रियालका अध्यक्ष फ्लोरेन्टिन्हो पेरेजले टेनिसमा सर्वाधिक धेरै दर्शकको उपस्थित हुने लक्ष्यका साथ क्लवमा पदाधिकारीले यो योजना बनाएको बताएका हुन ।

एबीसीका अनुसार नाडाल र फेडररको खेल हेर्न ८० हजार दर्शक मैदानमा पुग्ने अनुमान लगाइएको छ । यदि यो भयो भनेमा टेनिसमा सर्वाधिक दर्शकले खेल हेरेको रकेर्ड बन्नेछ । यसअघि २०१० को प्रदर्शनी खेलमा किम क्लाइस्र्टसले सेरेना विलियम्सलाई हराउँदा ३५ हजार ६८१ दर्शकले यो खेल हेरेका थिए ।

यो रेकर्डलाई नाडाल र फेडररले केप टाउनमा हुने खेलमा तोडिने विश्वास गरिएको छ । दक्षिण अफ्रिकाको केप टाउमा उनीहरुको खेल ५० हजार दर्शकले हेर्ने अपेक्षा गरिएको छ ।

Post Add 1025X115
Loading...