क्लाइस्टर्सले ८ बर्षपछि कमब्याक गर्दै

0

पूर्व विश्व नम्वर एक टेनिस खलाडी किम क्लाइस्टर्सले आठ बर्षपछि कमब्याक गर्ने भएकी छिन । ३६ बर्षकी क्लाइस्टर्सले २०२० को डब्लुटीए टुरमा कमब्याक गर्ने बताएकी छिन ।

बेल्जियन खेलाडी किमले पहिलो पटक २००७ मा सन्याको घोषणा गरेकी थिइन । त्यसको दुई बर्ष अगाडी उनले यूएस ओपन टेनिसको उपाधि जितेकी थिइन । तर २००९ मा उनले फेरी कमब्याक गर्दै यूएस ओपन र अष्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन ।

त्यसपछि २०१२ मा उनले दोस्रो पटक सन्यासको घोषणा गरेकी थिइन । उनले आफ्नो सोसियल साइटमा फेरी सक्रिय खेल जीवनमा फर्किने भन्दै खुसीको खवर रहेको बताएकी छिन । उनले म आफ्नो चुनौती स्विकार गर्दै फेरी कोर्टमा फर्किन लागेको बताएकि छिन । साथै उनले आफु फेरी बलियो हुन चाहेको उनले बताइन ।

Post Add 1025X115
Loading...