क्रिकेटकाे निर्वाचन कुनैपनि हालतमा हुँदैन-सदस्यसचिव सिलवाल

0

नेपाल क्रिकेट संघको आसन्न निर्वाचन कुनै पनि हालतमा नहुने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले बताएका छन । उनले स्वतन्त्र समितीले राष्ट्रिय खेलकुद परिषद्सँग कुनैपनि समन्वय नगरी आफुखुसी मिती तोकेको भन्दै असोज ३ र ४ गते बोलाइएको निर्वाचन रोकिने बताए ।

जिल्ला प्रदेश हुँदै केन्द्रिय निर्वाचनका पर्खाइमा रहेको अवस्थामा परिषदका सदस्यसचिवले निर्वाचनका लागि समिती चाहिने, त्यसको काम परिषद्ले गर्ने र उसले स्विकृती दिनुपर्ने बताए । विधानमा कतै नभएको कुरालाई हावा भरमा बोलेर निर्वाचन गर्न खोजिनुलाई आफुहरुले कुनैपनि हालतमा हुन नदिने उनले बताए ।

सिलवालले भने– मैले आफैले आइसीसीसँग कुरा गर्दैछु, आजै मैले कुरा गर्न खोजेको छु र आइसीसीले पनि मसँग कुरा गर्नका लागि खवर गरेको छ, आफुखुसी निर्वाचनको मिती तोक्ने, परिषद्ले मिडियाबाट निर्वाचनको मिती तोकेको थाहा पाउनुपर्ने भन्दै स्वतन्त्र समितीलाई निर्वाचन रोक्नुपर्ने बताए ।

चुनावमा हाम्रो प्रतिनिधी समावेश हुनुपर्छ, र हाम्रो प्रतिनिधीको हस्ताक्षर विना गरेको निर्वाचन हामीले कसरी मान्यता दिने, उनको प्रतिप्रश्न थियो । उनले आइसीसी र स्वतन्त्र समितीलाई निर्वाचन चाँडो भन्दा चाँडो होस भन्ने मेरो पनि चाहना रहेको, तर हाउगजी रुपमा चुनाव गरेको मान्य नहुने, बैधानिक रुपमा निर्वाचन गर्नुपर्ने उनको भनाई छ ।

लामो समयको अन्योलपछि नेपाली क्रिकेटको निकासको अपेक्षा गरिएकोमा अब यो नयाँ बबालले क्रिकेटको विवादले नयाँ मोड लिने त होइन भन्ने प्रश्न उब्जिएको छ ।

Post Add 1025X115
Loading...