नेपालकाे लक्ष्य एएफसी यू-१६ च्याम्पियनसिपकाे दाेस्राे चरण

0

जोर्डनमा हुने यु १६ च्याम्पियनसिप छनोट खेल्न नेपाली यु १६ टिमको बिदाई गरिएको छ । भोली जोर्डन प्रस्थान गर्ने टिमलाई युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनुवार र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा तथा एन्फा पदाधिकारिहरुले बिदाई गरेको हो ।

कार्यक्रममा बोल्दै एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलाडीले खेललाई निरन्तरता दिनुपर्ने र फुटबल बाट नै आफु र देशको इज्जत बढाउनुपर्ने बताए । साथै उनले नेपाली फुटबलको विकासका लागि एन्फाले चाहेजति स्रोत र साधनको ब्यवस्था गर्दै जाने विश्वास पनि ब्यक्त गरे । यिनै यु १६ टोली कोलकतामा केही समयअघि उपविजेता भएको क्षणको सम्झदै खेलकुद मन्त्री जगत सुनुवारले फुटबलको विकासको लागि आफुले सक्दो प्रयास गरिरहेको बताए ।

उनले नेपाली खेलकुदलाई केन्द्र भागमा राखेर अगाडि बढिरहेको बताए । पर्याप्त स्रोत साधन नभएको विषयलाई सम्झदै उनले अब कुनैपनि नेपाली खेलाडी खेल मैदान र स्रोत साधनको अभावमा खेल्नबाट बन्चित नहुने बताएका थिए । नेपालको समुहमा जोर्डन,कुवेत,श्रीलंका र किर्गिस्तान रहेको छ ।

 

Post Add 1025X115
Loading...