नेपाली चेलीका लागि कीर्गिस्तानमा इतिहास बनाउने माैका

0

कीर्गिस्तानमा जारी नादेझ्दा कप फुटबल प्रतियोगितामा नेपालले भोली उज्वेकिस्तानसँग खेल्नेछ ।

कीर्गिस्तानको काराकोल मैदानमा हुने खेल नेपाली समय अनुसार पौने चार बजेबाट सुरु हुनेछ । पहिलो पटक मिडिल इस्टमा फुटबल प्रतियोगिता खेल्न गएको नेपाली टिम आश्चार्यजनक रुपमा फाइनलमा पुगेको थियो ।

राम्रो अनुभव हुने अपेक्षा गरेका प्रशिक्षक हरी खड्काले जानुअघि यो प्रतियोगिताको उपाधि जित्ने भन्दापनि राम्रो अनुभवका लागि यो प्रतियोगिता लिएको बताएका थिए । तर नेपाली महिला फुटबल टिमले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गर्न सफल भयो ।

नेपालले पहिलो खेलमा कीर्गिस्तानसँग आठ दुईको जित निकालेको थियो भने दोस्रो खेलमा उज्वेकिस्तानसँग नै दुई शुन्यले पराजित भएको थियो । समुहको अन्तिम खेलमा नेपालले ताजिकिस्तानलाई एक शुन्यले हराएको थियो । नेपालले तीन खेलमा ६ अंक बनाउँदै फाइनलमा पुगेको हो भने उज्वेकिस्तानले नौ अंक बनाएको थियो ।

दक्षिण एसियाली खेलकुद सागको तयारीका रुपमा रहेको नेपाली महिला टिमले यदि यो उपाधि जितेमा इतिहास बनाउनेछ । नेपाली महिला टिमले पहिलो पटक अन्तराष्ट्रिय प्रतियोगिताको उपाधि जित्नेछ ।

Post Add 1025X115
Loading...