मेस्सी र स्वारजेले भ्यालेन्सिया विरूद्दकाे खेलपनि गुमाउने

0

स्पेनीस ला लिगा अन्तर्गत भ्यालेन्सिया विरुद्धको खेलमा दुई स्टार खेलाडी लियोनल मेस्सी र लुइस स्वारेज अनुपस्थित हुनेछन । चोटका कारण यसअघिको खेलमा पनि बेन्चमा बसेका दुबै खेलाडीले भ्यालेन्सिया विरुद्धको खेल पनि गुमाउने निश्चित भएको छ ।

यो सिजन मेस्सीले बार्सिलोनाबाट ला लिगामा एक खेलपनि खेलेका छैनन् । उनको काफको चोटका कारण प्रिसिजनको अमेरीकी टुर पनि गुमाएका थिए । यस्तै स्वारेजपनि चोटका कारण सिजनको पहिलो खेल खेलेपनि त्यसपछि मैदानमा देखिएका छैनन् । सिजनको पहिलो खेलमा बार्सिलोनाले एथ्लेटिक विल्बाओ विरुद्ध खेल्दा उनी चोटग्रस्त बनेका थिए ।

दुई खेलाडी मैदान बाहिर हुँदा बार्सिलोना पहिलो खेलमा विल्बाओसँग एक शुन्यले र नयाँ क्लव ओसासुनासँग दुई दुई गोलको बराबरीमा रोकिएको थियो । तर तेस्रो खेलमा आएर उनले रियल बेटिसलाई पााँ दुईले हराएको थियो ।

भ्यालेन्सिया विरुद्धको खेल अगाडी बार्सिलोनाले तीन वटा अभ्यास सेसन हुनेछ । उनीहरुले सो प्रशिक्षणमा कस्तो खेल्नेहुन त्यो हेर्न बाँकि छ । यदि दुबै जनाले भ्यालेन्सिया विरुद्धको खेल गुमाएमा दुबैको कमब्याक च्याम्पियन्स लिगको समुह चरणमा बोरुसिया डर्टमुन्ड विरुद्धको खेलबाट हुनेछ ।

Post Add 1025X115
Loading...