यू–१६ च्याम्पियनसिप छनोट खेल्ने टिमकाे विदाई

0

जाेर्डनमा हुने एएफसी यू–१६ च्याम्पियनसिप छनोट खेल्न नेपाली टोली भाेली त्यसतर्फ जाँदैछ । प्रतियाेगितामा सहभागि टिमकाे अाज विदाइ गरिएकाे हाे ।

एन्फाले जोर्डन जाने २३ खेलाडीसहित ३१ सदस्सीय नेपाली टोलीको विदाई गरेको हो । नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायत एन्फा पदाधिकारीले विदाई गरे  ।

सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपको छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । जसमा जोर्डनसँगै कुवेत, ताजकिस्तान र श्रीलंका छन् ।

नेपालले भदौ २८ गते पहिलाे खेलमा जोर्डनसँग खेल्नेछ र दोस्रो खेल ३० गते कुवेत विरूद्द खेल्नेछ भने तेस्रो खेलमा असोज ३ गते ताजकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । समुहकाे अन्तिम खेलमा नेपालले असोज ५ गते श्रीलंकासँग खेल्नेछ ।

प्रतियोगिताको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउने छन्  । प्रतियोगिताको लागि मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले नेपाली टोलीको घोषणा गरिसकेका छन् ।

नेपाली टिम :

गोलरक्षक : मनोज दहाल, जेनियस के सी, पथ्थुहाङ नेम्वाङ

डिफेन्डर : अजय चौधरी, अभिषेक आईवा, जान लिम्बु, रोशन थापा, प्रज्ञान महर्जन, प्रमिश गुरुङ, आमीर हमिद

मिडफिल्डर : नितेश श्रेष्ठ, क्रिष्टल शाक्य, जन्मे जय धामी, विपिन तुम्सिङ मगर, महित गुरुङ, निराजन मल्ल, अनिल चौलागाई, निराजन खत्री

स्ट्राइकर : सशांक बोहरा, सुजन जिमी, कृष्ण अधिकारी यादव, कृष सापकोटा, दिपेश राई

Post Add 1025X115
Loading...