क्रिकेटकाे नयाँ नेतृत्वका लागि देखिएका चार संभावित दावेदार, भित्रभित्रै ‘हाेमवर्क’ सुरू

0

नेपाल क्रिकेट संघको नयाँ नेतृत्वका लागि स्वतन्त्र समितीले असोज ३ र चार गतेका लागि चुनावी साधारणसभा आह्वान गरेको छ । आज राष्ट्रिय दैनिकमा नोटिस जारी नयाँ नेतृत्व चयन गर्नका लागि गठन गरिएको स्वतन्त्र समितीले असोजको पहिलो साता चुनावी साधारण सभा आह्वान गरेको हो । यो नोटिस आएसँगै अब नेपाली क्रिकेटको नयाँ नेतृत्व कसले सम्हाल्छ भन्ने कौतुहल सुरु भइसकेको छ ।

नयाँ नेतृत्वका लागि सुरुवाती चरणमा चार पक्षहरु अगाडी देखिएका छन । जसमा पहिलो नाममा विनयराज पाण्डेको छ, त्यसपछि निलम्बनमा परेको कमिटीका अध्यक्ष चतुरबहादुर चन्द रहेको छ भने अरु दुई जनामा विनोद मैनाली र मिग्मा डुन्डु लामाको नाम पनि आएको छ ।

करिव साढे तीन बर्ष आइसीसीको निलम्बनमा परेको नेपाली क्रिकेट नयाँ कार्यसमिती चयन भएपछि नयाँ बाटोमा अगाडी बढ्छ भन्ने ठुलो आशा गरिएको छ । अन्योलको भूमरीबाट बाहिर निस्किन अबको कस्तो हुन्छ भन्ने पनि प्रश्न कायमै छ ।

आइसीसीको मार्गनिर्देशन अनुसार असोजको पहिलो साता नेपाली क्रिकेटमा नयाँ नेतृत्व आउनेछ । जसको नेतृत्वका लागि अहिले मैदानमा देखिएका चारै जना क्रिकेटसँग निकट भएका ब्यक्तिहरु नै हनु ।

विनयराज पाण्डेको नाम अहिलेको नयाँ नेतृत्वमा अग्रस्थानमा आएको छ । नेपाली क्रिकेटमा चार दशक भन्दा बढि समय बसिसकेका र अनुभवी पाण्डे क्यानको पूर्व अध्यक्ष समेत भइसकेका छन । उनी क्रिकेट संघबाट बाहिरीएर नयाँ नेतृत्वमा तत्कालिन माओवादीका कार्यकर्ता रहेका टंक आङबुहाङ क्यानमा आएपछि नेपाली क्रिकेट विवादको भूमरीमा परेको छ । संघ भित्र नै गुटउपगुट भएपछि प्रष्ट तीन गुट देखिएको थियो । एकले अर्काको बोली नमान्ने अहंताका कारण संघमा ठुलो विवाद आएको थियो । सो बेला एसीसी आइसीसीसँगपनि राम्रो सम्बन्ध रहेका पाण्डे केहि बर्ष क्रिकेट संघबाट बाहिर रहेपनि फेरी उनी नेतृत्व सम्हाल्ने सोचमा रहेको बताइएको छ । यसपटक उनले ललितपुरबाट सदस्यता लिएका छन । उनको पुरानै टिम रहेको छ । जसमा यसअघि क्यानमा रहिसकेका अनुभवी ब्यक्तिहरु उनको टिममा रहेका छन ।

यसपटकको नयाँ कार्यसमितीको नेतृत्व सम्हाल्ने दौडमा रहेका अर्का ब्यक्ति हुन चतुरबहादुर चन्द । नेपाली कांग्रेस खेमाका चन्द यसअघि निर्वाचित भनिएको क्यानको अध्यक्ष रहि सकेका हुन । तर उनले क्यानको अध्यक्षका रुपमा काम भने गर्न पाएनन् । उनी अध्यक्ष भएको केहि महिनामा नै क्यान आइसीसीको निलम्बनमा परेको थियो । यसपटक फेरी उनी अध्यक्षका लागि उम्मेदवारी दिने तयारीमा छन । यतिमात्र होइन, सो बेला उनको टिममा रहेका ब्यक्तिहरुमा केहि उनको साथमा पनि रहेका छन ।

तर केहि ब्यक्ति भने उनीसँग रुष्ट रहेका छन । सो बेला चन्दका कार्यसमितीमा रहेका ब्यक्तिमा ५ जना यसपटकको चुनावमा देखिने छैनन् । जसमा सो बेलाका बरिष्ठ उपाध्यक्ष दिवाकर घले, यस्तै, किरण राणा, रतन कठायत, उत्रम कर्माचार्य, सैलेश यसपटक चुनावमा भाग लिन पाउने छैनन् । उनीहरु पेष्की र्फच्युट नगरेको भन्दै आइसीसीको मापदण्ड भित्र पर्न सकेनन् । जसका कारण पनि उनी केहि कमजोर भने देखिएका छन । तर यो टिम यसपटक पनि एकैसाथ मिलेर चुनावी मैदानमा जानुपर्छ भनेर अहिले भित्रि होमवर्कमा लागेका छन । जिल्ला र प्रदेशका प्रतिनिधहरुलाई फकाउने देखि आफ्नो टिम बलियो होस भनेर भित्र भित्र बैठक बस्ने, छलफल गर्ने काम गरिरहेका छन ।

तर यो टिमबाट उछिट्टीएर विनोद मैनाली भने आफु अध्यक्षको दावेदारका रुपमा अगाडी आउने तयारी गरेका छन । एमाले निकट मैनाली यसअघि क्यानको उपाध्यक्ष बनेका थिए । सो बेलापनि उनी चन्दको कार्यसमितीमा त्यति सन्तुष्ट भने थिएन । यसपटक उनले पनि क्यानको नयाँ नेतृत्वमा आफ्नो दावेदारीता दिने मुडमा पुगेका छन ।

क्यानको नयाँ कार्यसमितीको नेतृत्वका लागि उम्मेदवारी दिने मुडमा देखिएका अर्का ब्यक्तिहुन मिङमा डुन्डु लामा । प्रदेश नम्वर एकको अध्यक्ष चुनिएका मिंग्मा यसपटक अध्यक्ष हुने लाइनका चौथा ब्यक्ति हुन । नेपाल क्रिकेट संघका पूर्व सिओओ छुम्बी लामाका उनी नाताले दाई हुन । तर नेपाली क्रिकेटमा उनी देखिएको धेरै लामो समय भने भएको छैन । पोखरा प्रिमियर लिगमा चितवन टिमका सहमालिक समेत रहेका मिंङमा पछिल्लो पटक प्रदेश एकको अध्यक्षमा अचानक आएपछि उनको चर्चा बढेको छ । उनी क्यानको अध्यक्षका लाइनमा रहेको क्रिकेटका पूर्व पदाधिकारीहरु नै भनिरहेका छन । क्रिकेट खेलाडीसँग नजिक हरेका उनको दावेदारीताले अर्का दावेदार पाण्डेलाई केहि चुनौती हुनेछ ।

क्यानको नयाँ चुनाव जतिजति नजिकिदै छ, त्यति नै फेरी क्यानमा आउन चाहने ब्यक्तिहरुका सक्रियता बढ्न थालेको छ । तर यसपटकको नयाँ नेतृत्वले फरक ब्यक्तिलाई ल्याउनेमा भने शंका नै रहेको छ । मिलिमिल खाउ भन्ने जुन प्रवृती यसअघि क्यानमा रहेको थियो, फेरी त्यहि अवस्था त आउँदैन भन्ने प्रश्न कायमै रहेको छ ।

यसपटकको क्यानको कार्यसमिती पनि सानो रहेको छ । जसका कारण काम गर्न चाहने ब्यक्तिका लागि भने सजिलो हुन सक्नेछ । जम्मा १७ जनाको कार्यसमिती हुने यसपटकको चुनावका लागि ५९ जनाले भोट हाल्न पाउनेछन । जसमा जिल्लाका ३९ र प्रदेशबाट रहेका छन ।

Post Add 1025X115
Loading...