सीपीएलमा आज सन्दिपको टिम आफ्नो दोस्रो खेल खेल्दै

0

क्यारीवियन प्रिमियर लिगमा आज नेपाली बलर सन्दीप लामिछानेको टोली बारबाडोस ट्रिडेन्टसले सेन्ट किट्स एण्ड नेभिज प्याट्रोइट्ससँग खेल्दै छ ।

सेन्ट किट्स एण्ड नेभिज प्याट्रोइट्स सन्दीप लामिछानेको पूर्व टोली हो । गत सिजन सन्दीपले क्यारीवियन प्रिमियर लिगमा सेन्ट किट्स एण्ड नेभिज प्याट्रोइट्सबाट खेलेका थिए ।

नेपाली समयानुसार विहिबार विहान पौने चार बजे खेल हुने छ । बारबाडोसको यो दास्रो खेल हो भने सेन्ट किट्स यो चौथो खेल हो।

सन्दीप लामिछानेको टोली बारबाडोस ट्रिडेन्टसले आफ्नो पहिलो खेलमा गुयना एमाजोन वारियर्ससँग ४७ रनले पराजित भएको थियो। सो खेलमा सन्दीपले एक ओभर मात्र बलिङ गरेका थिए। सन्दीपले एक ओभर बलिङ गर्दा ५ रन मात्र दिएका थिए ।

Post Add 1025X115
Loading...