यू-१९ एसिया कपकाे फाइनल आज, भारत र बंगलादेश भिड्दै

0

नेप्लेज, २८ भदाै । श्रीलंका जारी यू १९ एसिया कप क्रिकेटको उपाधिका लागि भारत र बंगलादेश आज भिड्दै छन् । यो प्रतियोगितामा नेपाल पनि सहभागिता जनाएकोमा समूह चरणबाटै बाहिरिएको थियो ।

विहीबार तय भएको सेमिफाइनल खेल बर्षाले प्रभावित भएपछि समूह चरणको अंकका आधारमा भारत र बंगलादेशले फाइनलमा स्थान बनाएका हुन् ।
सेमिफाइनलमा भारत र श्रीलंका तथा अफगानिस्तान र बंगलादेश भिड्ने तय भएको थियो । तर दुवै सेमिफाइनल वर्षाले प्रभावित भए ।
बंगलादेशले समूह बी का सबै खेल जितेको थियो । यसैगरी भारत समूह ए को विजेताको हैसियतमा सेमिफाइनलमा पुगेको थियो । फाइनल खेल शनिबार हुने छ ।
बंगलादेशले समूह चरणमा युएई र नेपाललाई ६–६ विकेटले पराजित गर्दा घरेलु टोली श्रीलंकालाई ४२ रनले पाखा लगाएको थियो ।
यस्तै अर्को समूहमा भारतले कुवेतलाई ७ विकेटले पराजित गर्दा पाकिस्तानलाई ६० तथा अफगानिस्तानलाई तीन विकेटले पराजित गर्दै तालिकाको शीर्ष स्थानमा रहेको थियो । वर्षाले सेमिफाइनल स्थगित भएपछि दुवै समूहका शीर्ष स्थानमा रहेका टीमबीच उपाधि भिडन्त हुन लागेकाे हाे । भारत र बंगलादेशबीचकाे फाइनल खेल सवा १० बजेदेखि शुरुहुने छ।

Post Add 1025X115
Loading...