बेकह्यामले गरे मेस्सीलाई इन्टर मिआमीमा आउन प्रस्ताव, के गर्लान मेस्सी ?

0

चर्चित फुटबलर डेबिट बेकह्यामले मेस्सीको बार्सिलोनासंगको सम्झौता सकिएको र मेस्सीले बार्सिलोना छाड्ने हल्लापछि आफ्नो क्लब इन्टर मिआमीमा ल्याउनका लागि मेस्सीसंग संवाद थालेको बताइएको छ ।

मेस्सी र बार्सिलोनाको सम्झौता केही समयमा सकिने खबर केही समयअघि समाजिक सञ्जालमा आएको थियो । ३२ वर्षिय मेस्सीको करियरको सम्पुर्ण महत्वपुर्ण क्षणहरु बार्सिलोनासंग समेटिएको छ ।

उनि बिगत लामो समयदेखि बार्सिलोनामै रहँदै आएका छन् । तर मेस्सीले जुनसुकै सिजनमा बार्सिलोना छाड्न सक्ने केही समयअघि बार्सिलोनाका उच्च ब्यक्तिहरुले बताएका थिए ।

बेकह्यामले मेस्सीलाई इन्टर मिआमीमा आउनका लागि प्रस्ताव राखेको बताइएको छ । जबकि मेस्सीले जुनसुकै सिजनमा पनि बार्सिलोना छाड्न सक्ने र उनीसंग के गर्ने भन्ने निर्णय लिने अधिकार रहेको बताइएको थियो ।

मेस्सीले आफ्नो करियर बार्सिलोनामै सकाउन पनि सक्दछन् । तर बार्सिलोना बाहेक अन्य क्लबमा गएको खण्डमा पाँच पटकको बालोन डि ओर विजेता मेस्सीको मुल्य सबैभन्दा अधिक हुन सक्ने बताइएको छ ।

Post Add 1025X115
Loading...