‘ब्यक्तिगत रूपमा खेलाडीकाे प्रदर्शन कमजाेर हाेइन’- विनाेद दास

0

श्रीलंकामा भएको एसिया कपमा श्रीलंका र बंगलादेशसँग हारेपनि नेपाल समुह चरणबाट बाहिरीएको थियो । पहिलो खेलमा श्रीलंका विरुद्धको खेलमा बर्षाका कारण नेपालले राम्रो सुरुवात गरेपनि विचमा खलबलिएको थियो । यस्तै बंगलादेश विरुद्धको खेलमा नेपालले राम्रो लक्ष्य दिएपनि हार्नुमा पाएको मौकाको सदुपयोग गर्न नसकेको टिमका प्रशिक्षककाे भनाई छ । हेराै विनाेद दाससँग गरिएकाे कुराकानी

एसिया कपमा प्रदर्शन कस्तो रह्यो ?

प्रदर्शनको कुरा गर्दा अझै एकदमै राम्रो गर्न सक्थ्यौ । बंगलादेशसंग राम्रै खेलेका थियांै । त्यसो त श्रीलंकासंग पनि एक स्टेजमा हामि ३० ओभरमा १२० मा २ मात्रै थियांै । हामि सबै टिमसंग जित निकाल्न मौका तयार गर्न तत्पर थियांै । तर राम्रो टिमको बिरुद्धमा जित निकाल्नु छ भने सर्वोत्कृष्ट खेल पस्कनुपर्ने हुन्छ । जुन यसपटक हामिले त्यस्तो गर्न सकेनाै । शुरुमा २ पटक खेलको दौरान वर्षा भयो । वर्षापछि हामिले खेलमा लय गुमायाै । बंगलादेशसंग ३७ को ओभरमा हामिले बर्षापछि मौका पाएका थियौ । दुइवटा एउटै ओभरमा मौका पाएका थियौ तर दुइवटै मौका हामिले गुमायाै । त्यस्तै कारणले गर्दा नतिजा हाम्रो पक्षमा नभएको हो । सम्पुर्ण प्रदर्शन देखेर चै सन्तुष्ट छाै । जति काम हामिले बितेको दुई वर्षमा हाम्रा ब्याट्सम्यान हरुमाथि गरेका छौं त्यस्ले चै उनिहरु ब्याटिङका लागि स्थापित भैसके भन्ने लाग्छ ।

बंगलादेशको बिरुद्धमा जित्छ भन्ने आशा कति थियो ?

थियो किनभने २६० रन र त्यसमाथि पनि उनिहरुको पनि २ विकेट १८ रनमा गैसकेको थियो । जति राम्रो पार्टनरसिप गरेपनि हामिले उनिहरुलाई छिटो रन बनाउन दिएका थिएनांै । तर बंगलादेश इंङल्यान्डको टुर सकाएर आएको थियो जहाँ उनिहरुले भारत र इंङल्यान्डको टिमलाई हराएर आएको थियो । त्यसैले उनिहरुसंग आत्मबल अधिक थियो । यसपालि चै रिजल्टको हिसाबले हामिले चितबुझदो प्रदर्शन गर्न सकेनौं । एसिया कपमा खेलभन्दा अघि र पछि पनि उनिहरुको प्रशिक्षकहरुसंग कुरा भयो । उनिहरु सबै उत्कृष्ट यु १९ का टिम हुन् । हाम्रोलागि चै यो एक गर्वको विषय रह्यो ।

यहाँबाट जानुअघिको तयारी कस्तो थियो ?

तयारीको कुरा गर्दा सबैलाई थाहा छ हामिसंग १०—१२ दिनको तयारी गरेका थियाै त्यसमाथि पनि घाँसको समस्या, मैदानको समस्या, पिचको समस्या थियो । त्यती हुँदा हुँदैपनि हामिले जे जति प्रयासहरु गरेका थियौ त्यसको हिसाबले मलाई लाग्छ । हामिले गरेर देखायाै । नतिजाको हिसाबले हेर्ने हो भने सायद हामि अझै राम्रो गर्न सक्थ्यौं । फाइनल पुग्न सक्थ्याै । यदि खेलाडीहरुको प्रदर्शनको कुरा गर्ने हो भने त्यहाँ खोट लाउने ठाउँ सायदै भेटिदैन ।

पूर्व कोचले पनि आएर सल्लाह दिनुभो भन्ने कुरा छ त ?

सल्लाह भन्दा पनि उहाँ भेट्न आउनुभएको थियो । १० वर्ष यु १९ मा प्रशिक्षण दिनु भएको छ । उहाँ आउनु भएको थियो कुराकानी भयो । खेलाडीहरुले खेलेको हेर्नुभयो । हाम्रो खेलको सुधारले उहाँ प्रभावित हुनुभयो । बलरहरु , ब्याट्सम्यानहश्र देखेर खुसी हुनभयो ।

हेराै नेपाली यू-१९ टिम फर्किएपछिकाे भिडियाे

Post Add 1025X115
Loading...